१३ माघ २०८२, मंगलबार | January 27, 2026

युनिभर्सल मेडिकल कलेज भैरहवाले कारोना संक्रमितको नयाँ भर्ना नलिने, दिईरहेको सेवा पनि कटौटी गरिने



बुटवल । अक्सिजन उपलब्धताको सुनिश्चितता नभएपछि धमाधम निजी समुदायले सञ्चालन गरेका मेडिकल कलेज र अस्पतालहरुले कोरोना संक्रमितको भर्ना बन्द गर्न थालेका छन् । काठमाडौंका ४ अस्पतालले अक्सिजन नभएको भन्दै कोरोना संक्रमितको उपचारबाट पछि हटेको भोलिपल्ट भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजले २७ गतेबाट नयाँ कोरोना संक्रमितको भर्ना नलिने सुचना जारी गरेको छ ।

कलेजले आज बिज्ञप्ति प्रकाशित गर्दै अक्सिजनको नियमित आपुर्ति हुन नसक्दा सम्म सिमित शैयाहरुमात्र सञ्चालनमा ल्याउने बताएको छ । दैनिक ७०० थान अक्सिजन सिलिण्डर आवश्यक रहेको कलेजमा अक्सिजनको नियमित आपुर्ति बन्द भएपछि नयाँ भर्ना र प्रदान गरिएको सेवाबाट पनि शैया घटाउने विज्ञप्तिमा उल्लेख छ ।

मेडिकल कलेजमा हाल २०० जना कोरोना संक्रमणका बिरामीहरुको उपचार चलिरहेको जनाउँदै नियमित अक्सिजनको आपुर्ति नहुँदा सम्म सिमित शैयाबाटठ मात्र सेवा दिने कलेजको विज्ञप्तिमा भनिएको छ । कलेजमा हाल उपलब्ध भईरकेको अक्सिजनको परिमाण भने विज्ञप्तिमा उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : १० बजे

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य

प्रतिनिधि सभा सदस्य निर्वाचन : ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकियो

काठमाडौं । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य

निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई

त्रिशूली किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य स्थगित, बसभित्र मानव कङ्काल फेला

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका-५ दोन्द्राङवेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको