२९ मंसिर २०८२, सोमबार | December 16, 2025

जनशक्ति अभावमा जडान हुन सकेन अक्सिजन प्लान्ट



जाजरकोट । डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा अक्सिजन प्लान्ट प्रयोगविना थन्किएको छ । आवश्यक जनशक्ति नहुँदा दुई हप्ता अघिदेखि अक्सिजन प्लान्ट थन्किएको हो ।

जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए । दुई हप्ताअघि नै डोल्पा पुगेको प्लान्ट जडान गर्ने बायोमेडिक इन्जिनीयर नहुँदा थन्किएको शाहीले बताए ।

ड्रागन मेडिटेक प्रालि सुर्खेतले २९ लाख रुपैयाँमा उक्त प्लान्ट खरिदको गरेको थियो । बायोमेडिक इन्जिनियर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रालिले ढिलासुस्ती गरिरहेको निमित्त स्वास्थ्य प्रमुख शाहीले बताए । शाहीका अनुसार बारम्बार ताकेता गर्दा पनि आफूहरुसँग बायोमेडिक इन्जिनियर अभाव रहेकाले जडान गर्न ढिला भएको कम्पनीले बताउँदै गरेको छ ।

हाल थन्किएर बएको प्लान्टबाट प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटकमा कम्तीमा पनि २५ देखि ३० शय्या पाइपमार्फत अक्सिजन दिन सकिने डा मेलिना हमालले जानकारी दिइन । रासस

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : ४२ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको