१७ बैशाख २०८१, सोमबार | April 29, 2024

ओलीलाई दिएको अल्टिमेटम सकियो, नेपाल-खनाल पक्षीय सांसदहरुको बैठक बस्दै



काठमाडौं । आफ्ना शर्तहरु मान्न अध्यक्ष ओलीलाई बिहान ९ बजेसम्मको समय दिएको एमालेको नेपाल खनाल पक्षका सांसदहरुको बैठक सुरु हुन लागेको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा अहिले साढे ९ बजे बस्ने बैठकमा सामुहिक राजीनामाको विषयमा अन्तिम निर्णय हुने बताइएको छ ।

आइतबार बसेको बैठकले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान ९ बजेसम्म प्रतिक्षा गर्ने निर्णय गरेको थियो । सो बैठक लगत्तै नेता नेपालले नवौं महाधिवेशनबाट निर्वाचित कमिटी र सांसदहरुको तर्फबाट ओलीलाई ६ बुँदे पत्र पठाएका थिए ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आजै दिउँसो १ बजे विश्वासको मत लिँदैछन् । सोही प्रयोजनका लागि संसदको विशेष अधिवेशन बस्दैछ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : २८ बजे

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले