४ आश्विन २०८३, आइतबार | September 21, 2026

अक्सिजन प्लान्ट स्थापना गर्न ८० लाख प्रदान



डोटी । जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्न ८० लाख प्रदान गरिएको छ ।

दोस्रो चरणको कोरोना भाइरसका बिरामीलाई अक्सिजन नहुँदा समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेश सरकारले जिल्लामै अक्सिजन उत्पादन गर्नका लागि उक्त रकम प्रदान गरेको हो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । जिल्ला हाल कम्तीमा पनि २०० भन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेको बताइएको छ ।

सङ्क्रमितको उपचारमा सहजता ल्याउन तथा सङ्क्रमितले सहजरूपमा अक्सिजन पाउन् भन्ने उद्देश्यले अक्सिजन उत्पादन गर्न प्लान्ट स्थापनाका लागि जिल्ला अस्पतालमा रकम आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको थियो, अक्सिजन प्लान्ट स्थापनाका लागि प्रदेश सरकारले रकम प्रदान गरेको छ, अब उपचारमा सहज हुनेछ ।”

प्रदेश सरकारले यहाँका डोटीसहित अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुला जिल्ला अस्पताललाई पनि अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्नका लागि ८० लाखका दरले रकम प्रदान गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

पछिल्लो समय कोरोना सङ्क्रमित बढ्दै गएपछि सुदूरपश्चिममा दैनिक ५०० अक्सिजन सिलिन्डर आवश्यक पर्ने गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देश्नालयले जनाएको छ । रासस

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ११ : ०४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन