१८ चैत्र २०८२, बुधबार | April 1, 2026

विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने, – सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई विश्वास नगर्नुपर्ने कारण कुनै कारण नभएको ओलीले जिकिर गरेका छन् ।

प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले आफुले अहिलेसम्म राम्रो काम मात्र गरेको दाबी गर्दै आफुलाई अविश्वास गर्नुपर्ने कुनै कारण नभएको बताएका हुन् ।

ओलीले सत्यलाई स्वीकार गरेर अघि बढ्न तयार हुने हो भने सरकारलाई विश्वास गर्न नपर्ने कुनै कारणै नभएको जिकिर गरे । ओलीले आफुले सदनको विश्वास छ भन्ने कुरा प्रष्ट गर्न चाहेको बताए ।

प्रधानमन्त्री ओलीले थपे, ‘आवद्धता र संलग्नतालाई हेरेर होइन, सत्यलाई पच्छाएर निर्णय गनुपने अवस्था छ ।’ उनले भने, ‘ यदि हामीले सच्चाइलाई पछ्याउँछौं भने वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार होइन ।’ ओलीले भने, ‘माननीयजीहरूले हुन्न भन्ने पक्षमा कसरी सही गर्न सक्नुहुन्छ ?’

उनले भने, ‘विकास निर्माणको क्षेत्रमा पूर्वाधारको क्षेत्रमा भौतिक निर्माणको क्षेत्रमा, नेपाललाई सुरुङमार्गमा प्रवेश गराउने सन्दर्भमा, हवाईमार्गको काम गर्ने सन्दर्भमा, संचारको क्षेत्रमा यति धेरै काम भएका छन् । आफ्नो मोवाइलबाट घरमै बसेर आफ्नो जमिनको माटोको जानकारी पाउन सक्छौं । नागरिक एप्स बनाएका छौं, जसबाट सबै कारोबार भएका छन् । विकासमा प्रविधिको प्रयोग भएको छ ।’

ओलीले देशमा शान्ति सुरक्षामा सफलता हासिल भएको दाबी गरे । प्रधानमन्त्री ओलीले राष्ट्रियताको सवालमा प्रवर्द्धनमा राम्रो काम गरेको दावी गरे। ‘राष्ट्रियताको संरक्षण, भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा र राष्ट्रिय स्वाभिमनालाई माथि उठाउने कुरामा कुनै प्रयास बाँकी नराखेको बारे तथ्य आफैं बोल्छन् ।’

ओलीले सदनको विवेकमाथि पूर्ण भरोसा गर्ने बताए । उनले थपे, ‘म यहाँ प्रधानमन्त्रीको हैसियतमा म उभिएको छु । यहिँ सदनको विवेकमाथि म पूर्णरूपमा भरोसा गर्छु ।’

प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को उपधारा १ बमोजिम विश्वासको मत मागेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  २ : २४ बजे

सभामुखको निर्वाचन चैत २२ गते, २० गते मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने

नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर

संसद् अघिवेशनको अघिल्लो दिन सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसेको

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न -‘पाका नेताहरू पाका बन्नु पर्दैन र ?’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संयमित र