६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

अस्पतालमा धमाधम मृत्यु भएको देखेर डरले डिस्चार्ज भएका संक्रमितको घर पुगे लगत्तै मृत्यु



बर्दिया । अस्पतालमा धमाधम कोरोना संक्रमितको मृत्यु भएको देखेपछि त्रसित बनेर घरै उपचार गर्ने गरि लगिएका एकजना कोरोना संक्रमितको घर पुगे लगत्तै मृत्यु भएको छ । बर्दिया राजापुरबाट कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्ज भर्ना भएका ती बिरामीको अस्पतालबाट डिस्चार्ज लिएर घर पुगे लगत्तै मृत्यु भएको हो ।

राजापुर ४ का ५५ वर्षिय कोरोना संक्रमित चुन्ना अन्सारी बैशाख २१ गते भेरी अस्पताल भर्ना भएकोमा अस्पतालमा गम्भिर प्रकृतिका बिरामीहरुको धमाधम मृत्यु हुन थालेपछि ती बिरामीका आफन्तले अस्पतालसँग डिस्चार्ज मागेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमै राख्न आवश्यक रहेपनि बिरामीका आफन्तले होम आइसोलेशनमा राखेर उपचार गराउने भन्दै डिस्चार्ज मागे पछि अस्पतालले गत २७ गते डिस्चार्ज दिएको अस्पतालल स्रोतले जनाएको छ । अस्पतालबाट घर पुगेको राती नै उनको मृत्यु भएको थियो । तर मृतक संक्रमितका एकाघरकी छोरी रोसना अन्सारीले भने पटक पटक बेडमा छट्पटाईरहेका बुवालाई हेरिदिन आग्रह गर्दा पनि डाक्टर हेर्न नआएपछि आफुले डिस्चार्ज मागेको बताएकी छिन् ।

मध्यराती बुवालाई गारो भएपछि डाक्टर बोलाईदिन धेरै पटक आग्रह गर्दा पनि ड्युटीमा रहेका नर्शहरुले नबोलाईदिएको अन्सारीले गुनासो गरिन् । ‘राती नर्शले आएर अक्सिजनको मास्क त फेरिदिए, तर डाक्टर बोलाईदिएनन् ।’ उनले भनिन्, ‘बिहान डाक्टर त आए तर बुवालाई हेरेनन् । हेरिदिन आग्रह गर्दा नर्शले हेर्छन भनेर गए ।’

अस्पतालमा राखेर बुवालाई बचाउन सकिने अवस्था नदेखिएपछि आफुले डिस्चार्ज मागेको अन्सारीले बताईन् । अन्सारी राजापुर स्थित प्राथमिक उपचार केन्द्रकी कर्मचारी हुन् ।

भेरी अस्पतालले भने अन्सारीले लगाएको आरोपको खण्डन गरेको छ । मृतक चुन्ना अन्सारीलाई डाक्टर सहितको टिमले सके जति उपचार गरेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए । सबै संक्रमित जस्तै उनलाई पनि श्वासप्रश्वासमा समस्या देखिएपछि डाक्टर सहितको टोलिले अधिकतम प्रयास जारी राख्दा राख्दै उनका परिवारका सदस्यले जसरी पनि बुवालाई बचाउनै पर्छ भन्दै वार्ड भित्रै रुने कराउने गरेको डा. थापाले बताए । ‘नर्शहरुलाई नै दुब्र्यवहार गर्दै म आफै मेरो बुवाको उपचार गर्छु भनेर डिस्चार्ज गरेर लगेकी हुन् । अस्पतालले सकेको जति सेवा दिएकै हो ।’ डा. थापाले भने ।

वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा उनीमा संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएसँगै बाँकेको भेरी अस्पतालमा वैशाख २१ गते उनलाई भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  २ : ०६ बजे

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार