४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाली सेनाको हेलिकप्टरबाट बुटवलमा अक्सिजन ल्याइँदै



बुटवल । रुपन्देहीमा अक्सिजन नपाएकै कारण कोरोना संक्रमितहरुको ज्यान जान थालेपछि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर ल्याउने तयारी गरिएको छ ।

अक्सिजन अभाव नभएको पुर्वि जिल्लाका अक्सिजन प्लाण्टहरुबाट भरिएको सिलिण्डर सहित नेपाली सेनाको हेलिकप्टर रुपन्देही आउँदै गरेको अर्थमन्त्री बिष्णु पौडेलका स्वकिय सचिव यम पाण्डेले जनाएका छन् ।

सैनिक हेलिकप्टरमा आउँदै गरेको अक्सिजन सिलिण्डरलाई बुटवलमा रहेकाे धागो कारखाना स्थित कोरोना विशेष अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा केन्द्रित गरिने बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदीले जनाएका छन् ।

हेलिकप्टरबाट आउँदै गरेको अक्सिजन सिलिण्डरको ब्यवस्थापन गर्न नगरप्रमुख भैरहवा स्थित बिमानस्थल बसेका छन् भने अस्पतथालबाट खालि भएका सिलिण्डरहरु बोको गाडीहरुपनि बिमानस्थल पुगेका छन् । ‘एयरलिफ्ट मार्फत भरी अक्सिजन सिलण्डिरहरु मगाईएको छ ।’ नगर प्रमुख सुबेदीले भने ।

एयरलिफ्ट मार्फत आएका भरी सिलिण्डरहरु पहिलो चरणमा धागो कारखाना र प्रादेशिक अस्पताल पुग्ने बथाईएको छ ।

कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएकै कारण आज ५ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : ०२ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी