१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चीनमा यस वर्ष ९० लाख स्नातक उत्तीर्ण, रोजगार सप्ताहको तयारी



बेइजिङ । चीनका विश्वविद्यालय र कलेजबाट यस वर्ष ९० लाख ९ हजार विद्यार्थीले स्नातक उत्तीर्ण गर्न लागेको चिनियाँ शिक्षा मन्त्रालयले जनाएको छ ।

गत वर्षको भन्दा यस वर्ष तीन लाख ५० हजार बढी विद्यार्थीले स्नातक तह उत्तीर्ण गर्न लागेका हुन् ।

मन्त्रालयले स्नातक गरेका विद्यार्थीका लागि रोजगारी खोज्न वा नयाँ व्यवसाय थालनी गर्न विद्यार्थीसँग मिलेर कार्य गरिरहेको पनि जनाएको छ । हाल, चीनको रोजगार परिस्थितिमा क्रमिक सुधार आइरहेको मन्त्रालयको भनाई छ ।

नयाँ स्नातक उत्तीर्ण विद्यार्थीका लागि आगामी मे १७ देखि २३ सम्म देशव्यापी रुपमा रोजगार प्रबद्र्धन सप्ताह सञ्चालन गर्न मन्त्रालयले पहल गरेको छ । यस अवधिमा प्रत्येक प्रान्तले दुई वटा ठूला स्तरका रोजगार मेला आयोजना गर्नेछन् ।

विश्वविद्यालय र कलेजहरुले पनि क्याम्पस स्तरीय रोजगार कार्यक्रम सञ्चालन गर्ने र यी मेला अनलाइन एवं प्रत्यक्ष भेटघाटमा आधारित हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ४ : ०२ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत