५ पुस २०८२, शनिबार | December 20, 2025

बाँकेमा एकैरात ८ जना कोरोना संक्रमितले ज्यान गुमाए



नेपालगन्ज । कोरोना संक्रमितहरुको उपचार भईरहेको बाँकेका दुई अस्पतालमा एकैरात थप ८ जनाको मृत्यु भएको छ । रातभरीमा भेरी अस्पतालमा ६ जना र मेडिकल कलेजमा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा खजुरा गाउँपालिका–१ बाँकेकी ६४ वर्षिया महिला, लम्किचुहा ९ कैलालिका ४० वर्षिय पुरुष, कुमाख गाउँपालिका–१ सल्यानकी ६७ वर्षिय महिला, मधुबन नगरपालिका–६ बर्दियाका ५९ वर्षिय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँकेकी ३५ वर्षिया महिला रहेका छन् । त्युैगरि खजुरा गाउँपालिका–३ बाँकेकी ७५ वर्षिया महिला, नेपालगन्ज उपमहानगरपालिका–५ बाँकेकी ६१ वर्षिया महिला, कोहलपुर नगरपालिका–२बाँकेका २८ वर्षिय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय २२ र बाँके जिल्लामा उपचार गर्न आई निधन हुनेको संख्या १ सय ६७ पुगेको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : ३० बजे

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र