५ पुस २०८२, शनिबार | December 20, 2025

रूपन्देहीका थप २ अस्पतालले कोभिडको उपचार गर्ने



बुटवल । रुपन्देहीमा थप २ अस्पतालहरुले कोरोना संक्रमणको उपचार गर्ने भएका छन् । उपचार भईरहेको ३ वटा अस्पतालमा अत्याधिक चाप भएर भरिभराउ भएपछि २ वटा थप अस्पतालहरुले कोरोनाको उपचार सुरु गरेका हुन् । रुपन्देहीको देवदह स्थित देवदह मेडिकल कलेज र बुटवल स्थित आम्दा अस्पतालले पनि आजैबाट कोरोना संक्रमितको उपचार सुरु भएको जनाएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको पहलमा रूपन्देहीका थप २ वटा अस्पतालले कोभिड १९ उपचार सुरु गरेका हुन् ।

देवदह नगरपालिका रूपन्देहीमा अबस्थित देवदह मेडिकल कलेजले एचडीयू स्तरको ५ बेड र जनरल १० बेड गरि १५ बेडको कोरोनाको उपचार आजैबाट सुरु गरेको जनाएको छ भने छिट्टै ५० बेड पुर्याइने कलेजका निर्देशक डा. बिक्रम ज्ञवालीले बताए ।

त्यस्तै महिला तथा बालबालिकालाई केन्द्रमा राखेर स्वास्थ्य उपचार सेवा दिदै आएको (सिद्धार्थ बाल तथा महिला अस्पताल ) आम्दा अस्पतालले पनि कोभिड अस्पताल सुरू गरेको छ । बालबालिका तथा महिलालाई लक्षित गरि एचडीयू स्तरको १० बेड सञ्चालन गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्यालले बताए ।

रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल, युनिभर्शल मेडिकल कलेज र भिम अस्पताल भैरहवामा कोरोना संक्रमितको उपचार हुँदै आएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ३ : १९ बजे

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र