२६ बैशाख २०८१, बुधबार | May 8, 2024

अन्तरिक्ष अभियानमा चीनलाई ऐतिहासिक सफलता, मंगल ग्रहमा चिनियाँ ‘चु रोङ’को सफल अवतरण



चीन मंगलग्रहको सतहमा सफलतापूर्वक अन्तरिक्ष यान अवतरण गराउने चीन दोस्रो मुलुक बनेको छ । सात महिनाको अन्तरिक्ष यात्रा, तीन महिनासम्म मंगल अर्बिटको परिक्रमा र अन्तिम र निकै संवेदनशील ९ मिनेटपछि चीनले मंगलग्रहमा सफलतापूर्वक रोवर उतारेर अन्तरिक्ष यात्रामा अर्को चमात्कार गरेको छ ।

चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनका अनुसार चु रोंग रोवर (चीनको पौराणिक अग्नि एवं युद्ध के देवताको नाम) शनिवार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । रोवर पाङ्ग्रा जोडिएको सानो अन्तरिक्ष रोवोट हो ।

चु रोंगमा ६ वटा पाङ्ग्रा रहेका छन् । यो रोवर मंगल ग्रहको उत्तरी गोलर्धमा रहेको यूटोपिया प्लेनेशियाको समतल भागमा पुगेको छ । चीनले यो रोवरमा प्रोटेक्टिव क्याप्सुल, एक प्याराशुट र रकेट प्लेफार्मको प्रयोग गरेको थियो । मंगल ग्रहमा चीनको रोवर अवतरण गर्नुलाई निकै ठूलो सफलता मानिएको छ ।

राष्ट्रपति सी चिङफिङले यस ल्याण्डमार्क मिशनमा संलग्न सबैलाई बधाई सन्देश दिएका छन् । चु रोङले रेडियो सन्देश पठाउन सुरु गरिसकेको चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनले जनाएको छ । पृथ्वीबाट मंगल ग्रह सम्मको दुरी ३२ करोड किलोमिटर छ ।

अन्तरिक्ष अभियानमा अहिलेसम्म सुपरपावर मानिएको अमेरिकासँग प्रविधिको विषयलाई लिएर चीनको द्वन्द्व चलिरहेको छ । अन्तरिक्ष विज्ञानमा अहिलेसम्म अमेरिकालाई नै ऐतिहासिक उपलब्धी हासिल हुँदै आएको छ । तर अब चीनले अमेरिकालाई कडा चुनौती दिइरहेको छ । पछिल्ला केही वर्षयता चीनले विश्वकै पहिलो क्वान्टम उपग्रह प्रक्षेपण गरेको छ । चन्द्रमामा अवतरण भएको त्यो उपग्रहले लुनार स्याम्पल हासिल गर्न सफल भएको थियो । चीनले केहिदिन अघि मात्रै आफ्नै अन्तरिक्ष स्टेशन बनाउनका लागि रकेट प्रक्षेपण गरेको थियो ।

यदि चु रोङले मंगल सतहबाट आगामी ९० दिनसम्म सूचना संकलन गर्न र पठाउन सफल भयो भने चीन अमेरिकापछि मिंगलग्रहको नियमित सूचना पाउने दोस्रो मुलुक बन्नेछ । यसअघि सोभियत संघले सन् १९७१ मै मार्स ३ नामक रोवर पठाएको थियो । तर, केही समयमै त्यसको सम्पर्क विच्छेद भएको थियो । मंगल ग्रह मुश्किल और चुनौतीपूर्ण पर्यावरणका लागि चिनिन्छ । त्यहाँ धुलोले भरिएको निकै शक्तिशाली आँधी चलिरहन्छ । कुनै पनि अन्तरिक्ष मिशनका लागि यो नै सबैभन्दा बढी चुनौतीपूर्ण मानिएको छ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ८ : ५९ बजे

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक

सरकारी खर्चको प्रभावकारिता बढाउन सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना

काठमाडौं । सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक