१७ श्रावण २०८३, आइतबार | August 2, 2026

काठमाडौंमा आजबाट चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज दिइदै



काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई आजबाट काठमाडौंमा दोस्रो डोज खोप लगाइँदै छ ।

आज बिहान १० बजेदेखि काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप कार्यक्रम शुरु हुने भएको छ । भेरोसेलको पहिलो डोज लगाउँदा केही निश्चित अस्पताल तोकिएको भए पनि दोस्रो डोजका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरले खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गरेको छ । गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो डोज लगाएका १८ वर्षदेखि ५९ वर्षसम्मका नागरिकलाई दोस्रो डोज लगाइनेछ ।

खोपको दोस्रो डोज लगाउनका लागी यसअघि दिएको कार्ड ल्याउन आग्रह गरिएको छ । त्यससँगै आफ्नो परिचय खुल्ने कागजात ल्याउन पनि महानगरले आग्रह गरेको छ ।

आज पहिलो दिन गत चैत २५ देखि २८ गतेसम्म पहिलो डोज लगाएकाले दोस्रो डोज पाउनेछन । त्यस्तै, चैत २९ र ३० गते पहिलो डोज लगाएकाले जेठ ३ गते दोस्रो डोज पाउने छन ।

यसैगरी गत चैत ३१ गते र वैशाख २ गते पहिलो डोज लगाएकाहरूलाई जेठ ४ गते दोस्रो लगाइने महानगरले जनाएको छ । वैशाख ३ र ४ गते पहिलो लगाएकाले जेठ ५ गते दोस्रो डोज पाउनेछन ।

महानगरका अनुसार वैशाख ५ र ६ गते पहिलो डोज लगाएकालाई जेठ ६ गते दोस्रो डोज दिइनेछ भने वैशाख ७ देखि १० गते पहिलो खोप लगाएकाहरूले जेठ ७ गते दोस्रो डोज लगाउन पाउनेछन । यस्तै, वैशाख ११ र १२ गते पहिलो डोज लिएकालाई जेठ ८ गते दोस्रो डोज तोकिएको छ ।

महानगरले जारी गरेको सूचनामा वैशाख १३ गते पहिलो डोज लगाउनेले जेठ ९ गते, वैशाख १४ गते पहिलो डोज लगाउनेले जेठ १० गते तथा वैशाख १५ गते पहिलो डोज लगाउनेले जेठ ११ गते दोस्रो डोज लगाउन पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : ४८ बजे

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ