१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रधानमन्त्री ओलीले लिएको सपथ विरुद्ध सर्वोच्चमा रिट, दोस्रोपटक सपथ दिलाउन माग



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिँदा गल्ती गरेको भन्दै पुनः सपथ गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ ।
अल्पमतको सरकारको नेतृत्व गर्दै गत वैशाख ३१ गते राष्ट्रपति कार्यालयमा सपथ लिँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्ने शब्द प्रयोग गरेका थिए ।

प्रधानमन्त्रीले लिएको सपथ त्रुटीपूर्ण रहेको भन्दै वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले रिट हालेका हुन् । यद्यपी, सर्वोच्च प्रशासनले रिट दर्ता गर्न बाँकी रहेको छ ।

प्रधानमन्त्रीले सपथ संविधानले नै तय गरेको सपथका महत्वपूर्ण अंश वाचन गर्न छुटाएका थिए । पछि राष्ट्रपतिले सच्चाउन आग्रह गर्दा तत्कालै ‘त्यो पर्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए । लगत्तै राष्ट्रपतिले हाँस्दै ओलीको त्यो पर्दैनलाई छोडिदिएकी थिइन ।

ओलीले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए।

रिट निवेदकहरुले संविधानको धारा ८० अनुसार पुनः सपथ गराउन माग गरेका छन् । शपथ ग्रहणका वाक्यांश जानाजान छुटाएर प्रधानमन्त्री ओलीले शपथको गरिमा लत्याएको र राष्ट्राध्यक्षको मानमर्दन गरेको संवैधानिक कानूनका जानकारहरुले टिप्पणी गरेका छन् ।

तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओवामाले पहिलोपटक राष्ट्रपतिमा सपथ लिँदा भुलवस उच्चरण गरेको शब्द नबुझिँदा र शब्दा यताउता पर्दा अमेरिकी प्रधानन्यायाधीसले दोस्रो पटक सपथ दिलाएका थिए । शपथका लागि उल्लेख गरिएका शब्दहरु एक एक गरी नछुटाइकन सपथ लिनुपर्ने मान्यता रहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ६ : १० बजे

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६