२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठक आज बस्दैछ ।
संसद भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा दिउँसो साढे २ बजे बैठक बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा बजेट, कोरोना संकट र सरकारको विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले अल्पमतको सरकारले संसद छलेर अध्यादेशबाट बजेट ल्याउन लागेको आशंका गरेको छ । संसदमा विश्वासको मत नलिई पूर्ण बजेट ल्याउन नपाउने कांग्रेसको जिकिर छ । पूर्णबजेटका लागि ल्याउनुपर्ने नीति तथा कार्यक्रम र प्रिबजेटमाथि छलफलका लागि संसद चालु हुनुपर्नेमा सरकारले अहिलेसम्म संसद अधिवेशन नै बोलाएको छैन ।

यस्तै कांग्रेसले सरकार कोरोना महामारी नियन्त्रणमा पूर्णतः असफल भएको बताइरहेको छ । चारैतिरबाट असफल सरकारलाई विस्थापन गरेर अझै पनि संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार बनाउन सकिने अवस्था कायमै रहेका कारण कांग्रेसले आफ्नो धारणा बनाउन बैठक छसफल हुनेछ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १० : २२ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो