२२ बैशाख २०८१, शनिबार | May 4, 2024

जनताको जीवन रक्षाको लागि सरकार गम्भिर र संवेदनशिल नभएको कांग्रेसको निष्कर्ष



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ को सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको गलत विश्लेषण/सन्देश र धारणाले नेपाली नागरिकले ठूलो नोक्सानी बेहोर्नुपरेको ठहर गरेको छ । कांग्रेसले सरकार जनताको जीवन रक्षाको लागि गम्भिर र संवेदनशिल नभएको निष्कर्ष समेत निकालेको छ । बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सरकार जनताको जीवन रक्षाको लागि संवेदनशिल नभएको निष्कर्ष निकाल्दै कोरोना नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने प्रवन्ध मिलाउन माग गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बनलकृष्ण खाँणले जनताको जिवन रक्षाको निम्ति सरकार गम्भिर बन्नुपर्नेमा बैठकले जोड दिएको जानकारी दिए । कोभिड १९ नियन्त्रणका लागि सरकार गम्भिर बन्नु जरुरी रहेको बताउँदै खाँणले कुटनीतिक प्रयत्न गरेर सबै नागरिकलाई भ्याक्सिन लगाइदिने ब्यवस्था गर्न माग गरे । ‘स्वास्थ्य सामाग्री, उपकरण, भ्याक्सिन ठुलो मात्रामा आयात गर्नुपर्नेछ । त्यसको प्रवन्ध गरेर हरेक नेपाली नागरिकलाई तत्कालै भ्याक्सिन लगाइदिने काममा सरकारको ध्यान जावस ।’ उनले भने, ‘जनताको जीवनरक्षामा सरकार गम्भीर बनोस् भन्ने कुरामा हामी जोड दिन चाहान्छौँ ।’

काँग्रेस संसदीय दलको बैठकले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, अस्पताल सञ्चालक तथा व्यवस्थापक, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई धन्यवाद व्यक्त गर्दै उनीहरुको मनोबल उच्च बनाउनका लागि सरकारले विशेष प्याकेज ल्याउन आग्रह गरिएको पनि प्रमुख सचेतक खाँणले जानकारी दिए ।

देशका अधिकाँस स्थानमा जारी निषेधाज्ञाका कारण श्रमिक, मजदुर, किसान, व्यापारी, उद्योगी, यातायात व्यवसायी, पर्यटन व्यवसायी, विद्यार्थी लगायतलाई मार परिरहेको भन्दै अविलम्ब राहत प्याकेज ल्याउनुपर्नेमा पनि काँग्रेस संसदीय दलले जोड दिएको खाँणले बताए ।

बैठकले बिहीबार हुने बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मौनअवधी शुरु भइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता वक्तव्य दिएको प्रति भत्र्सना गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित वक्तव्य दिने प्रधानमन्त्री ओलीलाई कारबाही गर्नुपर्ने ठहर पनि गरेको छ । प्रमुख सचेतक खाँणले वर्तमान सरकारले विधिपूर्वक विश्वासको मत लिएर मात्रै नीति, कार्यक्रम तथा बजेट ल्याउनुपर्ने कांग्रेसको धारणा रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १० : ५३ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै