१७ बैशाख २०८१, सोमबार | April 29, 2024

वर्षा हुँदा किसानलाई राहत



महोत्तरी । उखरमाउलो गर्मी र निषेधाज्ञाले घरै बस्नुपर्ने परिवेशबीच बिहीवार बिहानैदेखि परेको पानीले राहत भएको छ । कोभिड-१९ महाव्याधिको त्रास, प्रचण्ड गर्मी र कामविहीन भएर बसेका किसानलाई बिहीवारको वर्षाले राहत भएको हो ।

महोत्तरी जिल्लाका सबै भेगमा बिहीवार बिहानैदेखि लगातार मन्द वर्षा भइरहेको छ । गर्मी घटाउनसँगै खेतबारी खनजोत गर्न आजको वर्षाले प्रशस्त चिस्यान भएपछि किसान दंग छन् । अब बर्खे धान र कोदोको बीउ राख्ने र भदैया (भदौरे, भदौमा उत्पादन दिने) तरकारीको बीउ रोप्न अनुकूल भएको किसानको भनाइ छ ।

पछिल्लो वर्षाले फलफुल, उखु र प्रचण्ड रापले ओइलिँदै गएका तरकारीका बोट र लहरा लहलहाउने बर्दिबास-९ पशुपतिनगरका किसान महेन्द्र महतो खुशी हुँदै बताउँछन् । चिस्यान राम्रो भएपछि अब प्रचण्ड घामले रुखिएको उखुबारीमा नाइट्रोजन मल (युरिया) हाल्न सकिने किसान बताउँछन् ।

‘हामी आकाश ताक्नेका लागि त अमृत वर्षा नै भएको छ,’ जिल्लाको भङ्गाहा नगरपालिका-४ रामनगरका किसान चन्देश्वर राय दनुवार भन्छन्, ‘वर्षा नहुँदा घरमा धुमधुमती बसेर निषेधाज्ञा काट्न सकस थियो, अब खेतबारीमा काम गर्न पाइने भइयो ।’

जिल्लामा गत वैशाख २२ गते जारी निषेधाज्ञाको अवधि जेठ १० गतेसम्मलाई बढाइएको छ । जिल्लाभरिकै कूल खेतीयोग्य जग्गामध्ये ८० प्रतिशतभन्दा बढी आकाशे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था छ ।

जिल्लामा करीब ७० हजार हेक्टर जग्गामध्ये १० प्रतिशतमा स्थायी सिँचाइका कुलो नहर लाग्ने र करीब त्यत्तिमै वैकल्पिक सिँचाइका प्रबन्ध (इनार पम्पसेट, बोरिङ) जेनतेन पुगेको छ । जिल्लाका ८० प्रतिशत जग्गा अझै आकाशे पानीको भरमा रहेका कृषि ज्ञान केन्द्र जलेश्वरका विज्ञ नै बताउँछन् । रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ४ : ३७ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल