१६ बैशाख २०८१, आइतबार | April 28, 2024

गनगन गरेर नबसौँ, राष्ट्रपतिलाई महाअभियोग लगाएर विदा गरौं : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्न दलहरुलाई आह्वान गरेका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेभित्र वैकल्पिक सरकार गठनका लागि समयसीमा तोकी जारी गरेको वक्तव्य प्रति बिहीबार राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले यस्तो आग्रह गरेका हुन् ।

उनले दिएको समय अगावै सरकार बनाएर प्रधानमन्त्री ओलीलाई बिदा गर्न पनि नेता थापाले आग्रह गरेका छन् ।

उनले भनेका छन ‘विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रधानमन्त्रीले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो’, गगनले भनेका छन्, ‘गनगन गरेर नबसौँ । सुझबुझ पुर्‍याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौँ,महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ ।’

महाअभियोगको प्रस्ताव पारित हुन संसदको दुई तिहाई बहुमत चाहिन्छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ८ : ०८ बजे

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य