६ पुस २०८२, आइतबार | December 21, 2025

रुपन्देहीमा घट्न थाल्यो कोरोना ग्राफ : ३७० जना थपिदा, ४९७ जना डिस्चार्ज



बुटवल । रुपन्देहीमा लगातार कोरोनाको ग्राफ घट्ने क्रमले निरन्तरता पाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ९४९ जनाको कोरोना परीक्षण गर्दा ३७० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार बुटवल उपमहानगरमा सबैभन्दा धेरै ११२ जनामा नयाँ संक्रमित थपिएका छन । त्यस्तै तिलोत्तमामा ७९ जना, सिद्धार्थनगर नगरपालिकामा ३९ जना, देवदह नगरपालिकामा १९ जना, सैनामैना नगरपालिकामा ६२ जना, कञ्चन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १२/१२ जना, सियारी गाउ्रँपालिकामा ११ जना, रोहिणी गाउँपालिकामा ६ जना, सम्मरीमाई गाउँपालिकामा ५ जना, शुद्धोधन गाउँपालिकामा ४ जना, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका र कोटहीमाई गाउँपालिकामा १/१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ६८१ पुगेको छ । जसमध्ये १८ हजार ७३५ जना निको भएका छन भने पछिल्लो २४ घण्टामा ४९७ जना संक्रमित निको भएका छन् । हाल जिल्लामा ५ हजार ५६० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा  रुपन्देहीमा ५ जना संक्रमितको मात्र मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३८६ पुगेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ६ : ०० बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम