७ आश्विन २०८३, बुधबार | September 23, 2026

मध्यावधि चुनाव घोषणापछि कांग्रेसको ‘आकस्मिक’ बैठक बस्दै



काठमाडौं । मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसको आकस्मिक बैठक बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान साढे ९ बजे डाकिएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरु भेला हुने कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसका नेताहरुले सामाजिक सञ्जालमार्फत उक्त कदमको बिरोध गरेका छन ।

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले शनिबार बिहान १:४९ बजे सूचना प्रकाशित गरेर कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तय गरिएको जानकारी गराएकी थिइन ।

त्यसअघि संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीको लागि परेका दुईवटा दाबीलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी थिइन ।

दलीय हस्ताक्षर बुझाएका प्रधानमन्त्री केपी शर्मा ओली र सांसद्हरुको हस्ताक्षर बुझाएका शेरबहादुर देउवाको दाबीलाई उनले अस्वीकृत गरेकी हुन ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ७ : ३९ बजे

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई

हवाई फायर गर्दा नरोकेपछि बाइकको टायरमा गोली प्रहार, १०३.७९० ग्राम ब्राउनसुगर बरामद

नेपालगन्ज । लोगुऔषधको कारोबारे पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको

मुस्ताङ भन्सारबाट २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु