१० चैत्र २०८२, मंगलबार | March 24, 2026

घटदै रुपन्देहीको कोरोनाको ग्राफ : २४९ जना संक्रमित थपिँदा ८८८ जना डिस्चार्ज



बुटवल । रुपन्देहीमा लगातार कोरोनाको ग्राफ घट्ने क्रमले निरन्तरता पाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ५८० जनाको नमुना पीसीआर परीक्षण गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरि बुटवल उपमहानगरपालिकामा ५५ जना, सैनामैना नगरपालिकामा ३४ जना, देवदह नगरपालिकामा १९ जना, सिद्धार्थनगर नगरपालिकामा १४ जना, कञ्चन गाउँपालिकामा १३ जना, शुद्धोधन गाउँपालिकामा १२ जना, ओमसतिया गाउँपालिकामा १० जना र अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार १४५ पुगेको छ । जसमध्ये २० हजार १५४ जना निको भएका छन । आज रुपन्देहीमा ८८८ जना कोरोनाबाट मुक्त भएका छन् ।

हाल जिल्लामा ४ हजार ५३८ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ७ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३९५ पुगेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ८ : २८ बजे

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।