६ पुस २०८२, आइतबार | December 21, 2025

आजको मौसम : पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा तराईका केही भू-भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ ।

प्रदेश १ का पहाडी भू-भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले बताएको छ ।

आजराती देशका केही स्थानमा सामान्य बदली रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले अपराह्नतिर वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ८ : ०१ बजे

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन