६ पुस २०८२, आइतबार | December 21, 2025

खनाल-नेपालसहित ११ नेता एमालेबाट निस्काशित, अन्य १२ जनालाई २४ घण्टे स्पष्टीकरण



काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल सहित ११, जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

एमाले स्थायी कमिटीको सोमबार अपरान्ह बसेको बैठकले नेता खनाल, नेपाल, भीम रावलसहित प्रतिनिधिसभाका ११ जना सांसदलाई निष्कासन गरेको हो । आज निस्काशित अधिकांश सांसदहरू समानुपातिक सांसद हुन् ।

पार्टी अनुशासनको उल्लङ्घन गरी विपक्षी दलहरूसँग साँठगाँठ गरेर आफ्नै प्रधानमन्त्री विरूद्ध हस्ताक्षर गरेको भन्दै एमालेले  नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।

बैठकले शनिवार मात्रै यी नेताहरूलाई आज बिहानसम्म स्पष्टीकरणको जवाफ मागिएको थियो  ।

यस ११ जना बाहेक घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, भवानी खापुङ, यज्ञराज सुनुवार, विराेध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, साेमप्रसाद पाण्डे, मेटमणि चाैधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडासहित १२ जनालाई २४ घण्टे स्पष्टीकरण साेध्ने निर्णय गरेकाे छ ।

बैठकले सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने तथा मन्त्रीहरूलाई फिर्ता हुन समेत निर्देशन दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ७ : २० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा