१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपाल-खनाल पक्षले नयाँ पार्टी खोल्ने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वप्रमुखसमेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टी हितविपरीत अनुशासनहीन कार्य गरेको ठहर गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल-खनाललगायतका नेताले अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक चरित्र अपनाएर पार्टी हितमा गम्भीर अपराध गरेकाले कारबाही गरिएको जानकारी दिए । ज्ञवालीले आफ्नै पार्टी अध्यक्ष, दलका नेता र प्रधानमन्त्रीलाई पदबाट हटाउन विपक्षी पार्टीसँग मिली विपक्षी दलका नेतालाई प्रधानमन्त्री निर्वाचित गराउन हस्ताक्षरसहित समर्थन गर्नेजस्तो अपराधपूर्ण र अलोकतान्त्रिक कार्य गरेकाले उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरिएको बताए ।

पार्टीबाट निष्कासन हुनेमा नेपाल, खनालसहित नेताहरू भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खडका, सरलाकुमारी यादव, पुष्पाकुमारी कर्ण कायस्थ, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु र कलिला खातुन रहेका छन् । उनीहरूलाई पार्टीको साधारण सदस्य तथा पार्टीको तर्फबाट जनप्रतिनिधित्व, कार्यकर्ताको प्रतिनिधित्व, विभिन्नि संघसंस्था वा संगठनका कुनै पद, ओहदा वा प्रतिनिधित्वमा रहेको भए सोसमेत नरहने गरी कारबाही गरिएको प्रवक्ता ज्ञवालीले बताए ।

यसअघि गत शनिबार बसेको स्थायी कमिटी बैठकले कारबाहीमा परेका ११ जना नेतासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तीन दिनभित्रमा स्पष्टीकरणको जवाफ पेस गर्न भनिएको भए पनि कुनै पनि नेताले जवाफ पेस नगरेकाले कारबाही प्रक्रिया अघि बढाइएको ज्ञवालीले बताए ।

यसैगरी, बैठकले थप १२ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसरी स्पष्टीकरण सोधिएकामा नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन् । उनीहरूलाई २४ घण्टाभित्रमा स्पष्टीकरण पेस गर्न भनिएको छ । राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ७ : १५ बजे

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।