१६ श्रावण २०८३, शनिबार | August 1, 2026

चोरीका सामानसहित पक्राउ



सप्तरी । सप्तरी प्रहरीले चोरीको सामानसहित सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका-१ स्थित सेनानवती विष्णुलाल धर्मशालामा बस्दै आएका १८ वर्षीय ओमप्रकाश सरदारलाई बिहीबार पक्राउ गरेको छ ।

घरको छतमा भुसको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा रू ५६ हजार ९६५, चाँदीको ५४ तोलाका पाँच जोर गरगहना र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । सप्तरीको महादेवा गाउँपालिका-१ घर भएका सरदार सपरिवार धर्मशालामा बस्दै आएका थिए । उनले बुधबार राति घरमा कोही नभएको मौका छोपी चोरी गरेको स्वीकारेका छन् ।

सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका-१ स्थित जण्डौलचोक बस्ने उर्मिलाकुमारी चौधरी बुधबार पुरानो घर गई बिहीबार बिहान १० बजे आफ्नो नयाँ घर आउँदा माथिल्लो तल्लाको कोठाको ताला र कोठाभित्रको दराज फुटाइएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय महुलीमा जानकारी गराएका थिए ।

सरदारलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरी गरेको स्वीकार्दै बिताइ सरदारको घरको छतमा सामान लुकाएको ठाउँ देखाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी माधवप्रसाद काफ्लेले बताए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार उजुरी दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको छ । रासस

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ७ : ४४ बजे

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीमा पुन: सुरेन्द्र ज्ञवाली

बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय