१६ श्रावण २०८३, शनिबार | August 1, 2026

रहेनन् नेपालगन्जका पुराना कपडा व्यवसायी जगदिश बैश्य



नेपालगन्ज । नेपालगन्जका पुराना व्यवसायी जगदिश प्रसाद बैश्यको निधन भएको छ । नेपालगन्जमा झण्डै २ पुस्तादेखि कपडाको पसल गर्दै आएका बैश्यको ६८ वर्षको उमेरमा आज हृदयघाटबाट मृत्यु भएको हो । बैश्य लामो समयदेखि अस्वस्थ थिए । उनी मुटु सहित लिभरका समेत बिरामी थिए ।

बैश्यको बुवा मङ्ल प्रसाद बैश्यको पाला देखि कपडाको पसल गर्दै आएका बैश्य परिवार नेपालगन्जको धेरै सामाजिक संस्थाहरुमा पनि आवद्ध रहँदै आएका थिए । नेपालगन्जमा औपचारीक बजार स्थापना हुनु पूर्व हातबजार हुँदाको अवस्था देखि नै बैश्य परिवार कपडाको व्यवसायमा आवद्ध रहेका थिए ।

कशौधन बैश्य समाजका संस्थापक बैश्य, हृदय रोग निवारण केन्द्र, नेपालगन्ज उद्योग ब्यापार संघ, रामलिला संचालक समिति जस्ता दर्जन बढी संघसंस्थाहरुमा नेतृत्व गरेका बैश्यको निधनले नेपालगन्जको एउटा गहना गुमेको बैश्यका सहपाठी बालकृष्ण रस्तोगीले बताए ।

जगदिश बैश्यले नै ब्यापार सहित सामाजिक उत्तरदायित्व निभाउन आवश्यक रहेको जनचेतना नेपालगन्जमा प्रचार गरेको नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्यले बताए । स्वर्गिय बैश्यका एक श्रीमती र ३ छोरा छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ६ : ०९ बजे

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीमा पुन: सुरेन्द्र ज्ञवाली

बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय

बाँके र बर्दियाका यातायात व्यवसायीहरुले क्यान्सर रोगका बिरामीहरुलाई निःशुल्क यातायात सेवा दिने

नेपालगन्ज । बाँके र बर्दियामा क्रियाशिल यातायात व्यवसायीहरुले क्यान्सर रोगका