१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रधानमन्त्री र जसपा ठाकुर–महतो पक्षबीच छलफल, एकदुई दिनमै सरकारमा जाने तयारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीको ठाकुर महतो पक्षबीच सरकारमा सहभागिताका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेताद्वय ठाकुर र महतोले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । सरकारमा सहभागि हुने विषयमा अन्तिम छलफल गर्न उनीहरु प्रधानमन्त्री निवास गएको जसपाका एक नेताले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर महतो पक्षले समर्थन गर्दै आएको छ । आफ्नो सरकार टिकाउन मुख्य सहयोगी बनेका ठाकुर महतोलाई राम्रै गरी रिझाउने गरी ओलीले मन्त्रालयको अफर गरेका छन् ।

राजेन्द्र महतोको नेतृत्वमा उपप्रधानमन्त्री र गृहमन्त्रीसहित आठवटा मन्त्रालय जसपाले पाउने बताइएको छ । उपेन्द्र यादव पक्षका नेतालाई समेत आफुसँगै राख्न ठाकुर महतो पक्षले आठ मन्त्री र दुई राज्यमन्त्री मागेकोमा ओलीले हरियो वत्ति बालिसकेका छन् ।

तर, ओलीलाई समर्थन गर्ने र सरकारमै सहभागी हुने विषयले जसपा भने फुटको अन्तिम अवस्थामा पुगेको छ । एमाले सांसद महेश बस्नेतको योजनामा भक्तपुरको डोलेश्वरमा पुगेर राजेन्द्र महतोलाई संसदीय दलको विधान विनै दलको नेता चयन गरेको यो समुह उपेन्द यादव पक्षसँग छुट्एिरै भए पनि यतिबेला प्रधानमन्त्री ओलीसँग नजिक बनेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १० : ५० बजे

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार

काठमाडौं । काठमाडौँमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र