७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

उपचुनाव अपडेट : मध्यान्ह १२:३० सम्म २९२ मत खस्यो, अब ८ जना मतदाताको प्रतिक्षा



दाङ । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभाको एक सदस्यका लागि भैरहेको उपचुनावको मतदान जारी छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएका ३ वटा मतदानस्थलमा मध्यान्न १२:३० बजेसम्म २९२ जनाले मतदान गरिसकेका छन् ।

यसमध्ये स्थानीयतर्फ ८० जना महिला र १०८ जना पुरुषले मतदान गरिसकेका छन् । यसैगरी प्रदेशसभातर्फ ३० जना महिला र ५० जना पुरुषले मतदान गरेका छन् ।

यसैगरी कोभिड केन्द्रमा प्रदेशका ३ जना र स्थानीयतर्फ २१ जनाले मतदान गरेका छन् । निर्वाचनमा कुल मतदाता ३०० जना रहेका छन् ।

बिहान ९ बजेबाट मतदान सुरु भएको मतदानको समय ३ बजेसम्म रहेको छ । पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मतदान गरेका थिए ।

उपचुनावमा दुई जना उम्मेदवार मैदानमा रहेका छन् । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।

मतदान सकिएपछि सर्वदलीय बैठक बसेर तत्कालै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिएका छन् । यसअघि माओवादी केन्द्रबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका खड्का एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले दलत्यागको सुचनाका आधारमा स्थान रिक्त भएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १२ : ५२ बजे

पूर्व अर्थमन्त्रीहरूको सुझाव : ‘महत्त्वाकांक्षी होइन, कार्यान्वयनमुखी बजेट ल्याउनुस्’

आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा पुगेका अर्थमन्त्री डा.

प्रधानमन्त्रीलाई भेटेपछि विपक्षी विरुद्ध सभामुख आक्रमक, अवरोधकै बीच बैठक अघि बढाए

काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका

जब फेवातालमा डुङ्गा पल्टियो…

पोखरा । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए

प्रधानमन्त्रीलाई भेटे सभामुख अर्यालले

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी