१३ माघ २०८२, मंगलबार | January 27, 2026

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा विपक्षी गठबन्धनका पाण्डे विजयी



बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे ४१४० मतभारसहित विजयी भएका छन् ।

आज दाङमा सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनको परिणाम अनुसार नेपाली कांग्रेस सहितको गठबन्धनका उम्‍मेदवार पाण्डे ५४६ मतभार बढीले विजयी भएका हुन् ।

कांग्रेसका पाण्‍डेले १६० मत पाए भने एमालेका खड्काले १२३ मत पाए । पाण्डेले प्रदेशसभातर्फ ४२ मत प्राप्त गरेका छन् । यसको मतभार २०१६ हुन्छ । यस्तै स्थानीयतर्फ ११८ मत प्राप्त गरेका छन् । यसको मतभार २१२४ हुन्छ । कुल ४१४० मतभारसहित पाण्डे विजयी भएका हुन् ।

पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो । पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् । खड्काले ३५९४ मत मात्र पाए ।

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मत खसेको थियो । बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउपालिकाका अध्यक्ष अशोक थापाले मतदानमा सहभागी भएनन् ।

नेपालगन्जमा मेयर राणाले घोषणा गरेर नै मतदान बहिस्कार गरेका थिए भने अन्य २ जना अस्वस्थाका कारण मतदान गर्न नआएको बताईएको छ । शाहको लखनउमा उपचार भईरहेको र थापाको काठमाडौमा उपचार चलिरहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ४ : २५ बजे

एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी