२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

न्यायाधीसद्वय कार्की र भट्टराईको राय : नेकपा विभाजन र संसद विघटन विरुद्धका मुद्दामा सम्बन्ध नरहेको दाबी गर्न न्यायिक धर्मले दिँदैन



काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटको सुनुवाइ गर्न बसेको संवैधानिक इजलास विवादमा परेपछि दुई जना न्यायाधीस सो इजलासबाट बाहिरिएका छन् ।

संवैधानिक इजलासमा रहेका बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलास नछोड्ने निर्णय गरेपछि सोही इजलासमा रहेका वरिष्ठ न्यायाधीस दीपककुमार कार्की र आनन्दमोहन भट्टाईले आफुहरु अलग हुने जनाएका हुन् ।

न्यायाधीसद्वय श्रेष्ठ र केसीले लिखित रुपमा इजलासमै रहने निर्णय गरे लगत्तै न्यायाधीसद्वय कार्की र भट्राईले पनि लिखित राय दिँदै इजलासबाट अलग्गिएका हुन् । उनीहरुले नेकपासम्बन्धी विवादको मुद्दा र संसद विघटन विरुद्धका रिटमा सम्बन्ध नरहेको दाबी गर्न न्यायिक धर्मले नदिने राय व्यक्त गरेका छन् ।

कार्की र भट्टराईले संसद विघटनको अहिलेको मुद्दा नेकपा विवादको उपउत्पादन भएको ठहर गर्दै त्यसै विषयमा विवाद उत्पन्न भएपछि आफुहरुलाई इजलासमा बस्न असजिलो भएको जनाएका छन् ।

उनीहरूले दुई मुद्दाबीच साइनो नभएको दाबी गर्न नसकिने बताउँदै अन्तरसम्बन्धित मुद्दामा संलग्न न्यायाधीशहरू इजलासबाट अलग भएको उचित हुने राय प्रस्तुत गरेका छन् । ‘जुन किसिमको संवैधानिक र कानुनी प्रश्नको निरुपणका लागि हामीसमक्ष विवाद पेस भएको छ । यो विषयको सम्बन्ध नेकपा नामसम्बन्धी फैसलासँग छैन भन्न हाम्रो ज्ञान, विवेक र न्यायिक धर्मले दिइरहेको छैन’, उनीहरूको संयुक्त रायमा उल्लेख छ ।

आफ्नो निष्पक्षता आंशकामा परेमात्र पनि न्यायाधीशले उक्त मुद्दाबाट आफूलाई अलग गर्नु पर्नेलगायतका आधार देखाउँदै केसी र श्रेष्ठ नबाहिरिएपछि आफैं बाहिरिने निर्णय गर्नुपरेको उल्लेख गरेका छन् । फैसला गरे पनि न्याय गरेको देखिनुपर्ने उनीहरुको जिकिर छ ।

न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको क्षमतामाथि आफूहरू पूर्ण विश्वस्त रहेको जिकिर पेस गर्दै कार्की र भट्टराईले न्यायिक निष्पक्षताका लागि उनीहरू पनि इजलासबाट अलग हुँदा राम्रो हुने सुझाव दिएका छन् ।

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ४ : २५ बजे

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको