६ पुस २०८२, आइतबार | December 21, 2025

न्यायाधीसद्वय कार्की र भट्टराईको राय : नेकपा विभाजन र संसद विघटन विरुद्धका मुद्दामा सम्बन्ध नरहेको दाबी गर्न न्यायिक धर्मले दिँदैन



काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटको सुनुवाइ गर्न बसेको संवैधानिक इजलास विवादमा परेपछि दुई जना न्यायाधीस सो इजलासबाट बाहिरिएका छन् ।

संवैधानिक इजलासमा रहेका बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलास नछोड्ने निर्णय गरेपछि सोही इजलासमा रहेका वरिष्ठ न्यायाधीस दीपककुमार कार्की र आनन्दमोहन भट्टाईले आफुहरु अलग हुने जनाएका हुन् ।

न्यायाधीसद्वय श्रेष्ठ र केसीले लिखित रुपमा इजलासमै रहने निर्णय गरे लगत्तै न्यायाधीसद्वय कार्की र भट्राईले पनि लिखित राय दिँदै इजलासबाट अलग्गिएका हुन् । उनीहरुले नेकपासम्बन्धी विवादको मुद्दा र संसद विघटन विरुद्धका रिटमा सम्बन्ध नरहेको दाबी गर्न न्यायिक धर्मले नदिने राय व्यक्त गरेका छन् ।

कार्की र भट्टराईले संसद विघटनको अहिलेको मुद्दा नेकपा विवादको उपउत्पादन भएको ठहर गर्दै त्यसै विषयमा विवाद उत्पन्न भएपछि आफुहरुलाई इजलासमा बस्न असजिलो भएको जनाएका छन् ।

उनीहरूले दुई मुद्दाबीच साइनो नभएको दाबी गर्न नसकिने बताउँदै अन्तरसम्बन्धित मुद्दामा संलग्न न्यायाधीशहरू इजलासबाट अलग भएको उचित हुने राय प्रस्तुत गरेका छन् । ‘जुन किसिमको संवैधानिक र कानुनी प्रश्नको निरुपणका लागि हामीसमक्ष विवाद पेस भएको छ । यो विषयको सम्बन्ध नेकपा नामसम्बन्धी फैसलासँग छैन भन्न हाम्रो ज्ञान, विवेक र न्यायिक धर्मले दिइरहेको छैन’, उनीहरूको संयुक्त रायमा उल्लेख छ ।

आफ्नो निष्पक्षता आंशकामा परेमात्र पनि न्यायाधीशले उक्त मुद्दाबाट आफूलाई अलग गर्नु पर्नेलगायतका आधार देखाउँदै केसी र श्रेष्ठ नबाहिरिएपछि आफैं बाहिरिने निर्णय गर्नुपरेको उल्लेख गरेका छन् । फैसला गरे पनि न्याय गरेको देखिनुपर्ने उनीहरुको जिकिर छ ।

न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको क्षमतामाथि आफूहरू पूर्ण विश्वस्त रहेको जिकिर पेस गर्दै कार्की र भट्टराईले न्यायिक निष्पक्षताका लागि उनीहरू पनि इजलासबाट अलग हुँदा राम्रो हुने सुझाव दिएका छन् ।

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ४ : २५ बजे

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन