१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

रुपन्देहीमा थपियो जेठ ३१ गतेसम्म निषेधाज्ञा



बुटवल । रुपन्देही प्रशासनले तेस्रो पटक जिल्लामा जारी निषेधाज्ञालाई जेठ ३१ गते सम्मकम लागि लम्ब्याएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जारी गरेको निषेधाज्ञाको सुचनामा जिल्लामा कोरोना संक्रमणको दरमा कमि आए पनि जोखिम कायम रहेकाले निषेधाज्ञा जारी राख्नु परेको जनाईएको छ ।

यस अघि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जिल्लामा कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै निषेधाज्ञालाई जेठ ३१ गते सम्मका लागि थप गर्न सिफारिस गरेको थियो ।

थप गरिएको निषेधाज्ञा पहिलेको तुलनामा अझै सशक्त र कडा हुने प्रशासनले जनाएको छ । संक्रमण नियन्त्रण सम्बन्धी अध्यादेश जारी भईसकेकाले अव निषेधाज्ञा उल्लंघन गर्नेलाई अध्यदेश बमोजिम कारवाही हुने सुचनामा उल्लेख छ ।

थप गरिएको निषेधाज्ञामा खाद्यान्ह, तरकारी तथा फलफुल पसलहरु खोल्न पाईने सुचनमा उल्लेख छ । यस अघिको सुचनामा खाद्यान्ह, फलफुल र तरकारी पसल समेत बन्द गर्न भनिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ४ : ०५ बजे

पुर्खौली नाच जोगाउँदै नयाँपुस्ता

बेनी । जिल्लाका ग्रामीण भेगमा पुनमगर समुदायको बसोबास रहेका क्षेत्रमा

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद

एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ । केहीदनबाट बढ्दै गएको सूनचाँदीको मूल्य स्थानीय बजारमा आज