१० चैत्र २०८२, मंगलबार | March 24, 2026

मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने दुईजना पक्राउ



काठमाडौं । प्रहरीले मापदण्डविपरीत ह्यान्ड स्यानिटाइजर उत्पादन तथा बिक्री-वितरण गरेको आरोपमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उक्त संस्थाका सञ्चालकद्वय ललितपुरको महालक्ष्मी नगरपालिकाका ४३ वर्षीय निरेश थापा र सोही ठाउँ बस्ने मोरङको विराटनगर उपमहानगरपालिका-१४ का ४४ वर्षीय अमित ताम्राकार रहेका छन् ।

उनीहरुको साथबाट मापदण्डविपरीत उत्पादन गरेको २४० लिटर ह्यान्ड स्यानिटाइजरसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त हेल्थ केयरबाट मापदण्डविपरीत सञ्जिवनी लिक्विड इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर उत्पादन गरी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई स्यानिटाइजरसहित पक्राउ गरेको हो ।

उनीहरूउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ९ : १९ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण