१८ असार २०८३, बिहिबार | July 3, 2026

प्रधानन्यायाधीस बिरामी परे, संवैधानिक इजलास स्थगित



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि परेको सुनसवाइ गर्न गठित संवैधानिक इजलास आज नबस्ने भएकोछ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा बिरामी भएका कारण आजको इजलास स्थगित भएको बताइएको छ । राणाले आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी अदालत प्रशासनलाई गराएका छन् । त्यसपछि कर्मचारीले इजलासका अन्य न्यायाधीसहरुलाई इजलास नबस्ने जानकारी गराएका छन् । अब अर्को पेशी बुधबार मात्रै तोकिने सम्भावना रहेको छ ।

आइतबार प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले गठन गरेको वरिष्ठतम न्यायाधीसहरु सम्मिलित संवैधानिक इजलासमाथि सरकारी पक्षका वकिलहरुले प्रश्न गरेपछि इजलास त्यसैमा अलमलिएको थियो ।

आइतबार मुल मुद्दामाथि कुनै बहस न हुन सकेको थिएन । त्यत्तिकै सकिएको इजलास हेर्दा हेर्दैमा रहेका कारण आजबाट बहस अघि बढ्ने बताइएको थियो । सरकारी पक्षले प्रश्न उठाएका वरिष्ठ न्यायाधीस दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले इजलासमा रहने या नरहेने भन्नेबारे निर्णय दिएपछि इजलास अघि बढ्ने अपेक्षा गरिएको थियो ।

संविधानको धारा ७६५ अनुसार केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग गर्दै रिट दायर गरेका ओली पक्षका चार जना वकिलले संसदीय सुनुवाईबाट आएका ११ जना न्यायाधीस इजलासमा बस्न नमिल्ने निवदेन दिएपछि त्यसलाई हिजो सरकारी पक्षका वकिलहरुले समेत समर्थन गरेका थिए । तर प्रधानन्यायाधीस जबराले भने सबै न्यायाधीसले मुद्दा हेर्न नहुने भन्ने निवेदन फिर्ता नलिए अवहेलना कसुर ठहर्ने चेतावनी दिएका थिए ।

चिया ब्रेक अघि सरकारी पक्षका वकिलहरुले निरन्तर इजलासमाथि प्रश्न उठाएका थिए । तर चिया ब्रेकपछि पनि उनीहरु नै बोल्न खोजेपछि न्यायाधीस ईश्वर खतिवडाले रोकेका थिए । इजलासमाथि गरिएको प्रश्नले आफुहरुलाई असहज महशुस भएको प्रष्ट पार्दै खतिवडाले रिट निवदेकतर्फका वकिललाई बोल्न समय दिएका थिए ।

वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, टीकाराम भट्टराईले कार्यपालिकाले न्यायापालिकामाथि हावी भएको र हुर्मत लिन खोजेको आरोप लगाउँदै न्यायलयलाई स्वतन्त्र र निस्पक्ष राख्न न्यायाधीसहरु सक्षम रहेको बताएका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १० : २१ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले