२३ बैशाख २०८१, आइतबार | May 6, 2024

नेपालसँग भेटपछि प्रचण्ड पुगे देउवा भेट्न बुढानिलकण्ठ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेपालसँगको भेट सकिएपछि अध्यक्ष प्रचण्ड कांग्रेससभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

कोटेश्वरमा भएको भेटवार्तामा प्रचण्ड र नेपालबीच प्रतिनिधिससभा विघटन विरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिट, संवैधानिक इजलासमा सरकारी पक्षबाट भएको अवरोध, एमाले अध्यक्ष केपी ओलीबाट नेपाल समुह लक्षित सर्तसहितको एकता प्रस्ताव लगायतका विषयमा छलफल भएको बुझिएको छ । भेटमा नेता नेपालले आफुहरुलाई अल्मल्याउन ओलीले प्रस्ताव सार्वनिक गरेका बताएका छन् ।
नेपालसँग भेट सकिएपछि प्रचण्ड देउवा भेट्न बुढानिलकण्ठ पुगेका हुन् ।

विपक्षी गठनबन्धनको तर्फबाट संविधानको धारा ७६ ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरिए पनि राष्ट्रपतिबाट अस्वीकार गरिएका देउवासँग पनि प्रचण्डले अदालतमा विचाराधीन रिट र ओलीको वक्तव्यका विषयमा छलफल भैरहेको बुझिएको छ । विपक्षी गठबन्धनले अदालतबाट यस विषयमा छिटो सुनुवाइ होस भन्ने चाहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १२ : ५० बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa