२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

एमाले भित्र पञ्चायतकालिन मण्डले समूह जन्मेको घनश्याम भुसालको आरोप



काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफुहरु विरुद्ध अनर्गल प्रचार शुरु गरिएको बताएका छन् । आज अपरान्ह फेसबुक एकाउण्टमा प्रतिक्रिया पोष्ट गर्दै नेता भुसालले एकताको कुरा गर्दा आत्मसमर्पण गरेकोरुपमा ब्याख्या गर्नेे र विवादको करा गर्दा विभाजनको रुपमा ब्याख्या गर्ने गरिएको बताएका छन् ।

उनले अनर्गल प्रचार गर्ने एउटा समूह नै तयार भएको उल्लेख गर्दै त्यस्तो समूहलाई पञ्चायतकालिन मण्डलेको संज्ञा दिएका छन् । पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । उनले फेसबुकमा लेखेका छन् ।

मण्डलेहरु पनि पञ्चायती व्यवस्था धारासायी बनाउन एउटा कारक बनेको उल्लेख गर्दै नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्ता समूह खडा भएको आशंका पनि गरेका छन् ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ६ : २२ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा