२० मंसिर २०८२, शनिबार | December 6, 2025

पत्रकार पाण्डेद्धारा विपन्न परिवारलाई खाद्यान्न वितरण



बुटवल । रुपन्देहीकी क्रियाशील पत्रकार कमला पाण्डेले (हरिकला) विपन्न परिवारलाई खाद्यान्न वितरण गरेकी छिन । उनले मायादेवी गाउँपालिका ३ का ३० अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न वितरण गरेको बताइन् ।

रेडियो नमस्तेकी स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महासंघ रुपन्देहीकी कार्यसमिती सदस्य पाण्डेले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका बिपन्न परिवारलाई राहत स्वरुप चामल, दाल, नुन, तेल बितरण गरेकी हुन् ।

२० केजी चामल, ३ केजी दाल, २ लिटर तेल, २ केजी नुन, ५ केजी आलु, २ केजी चिउरा लगायतका खाद्य सामाग्री हस्तान्तरण गरिएको पत्रकार पाण्डेले बताईन् ।

सो अवसरमा मायादेवी गाउँपालिका ३ मा रहेको मदरसा स्कुलकी प्राचार्य बेलमाया सुवेदी,नेपाली कांग्रेस संगठन विभाग सदस्य कल्याण पौडेल, महिला विभाग जिल्ला सदस्य यादा क्षेत्री, प्रशासन विभाग सदस्य हिरा पौडेल, समाजसेवी रमेश गैरे, रमेश पाण्डे, विनोद न्यौपाने लगायतको सहभागि थिए । सो सामग्री पाएपछि मजदुरी गर्दै आएका राजदेव यादव ,राम मिश्र, शिव कुमार गौतामी,धुर्व केवट,ककई केवट लगायतले धन्यवाद समेत दिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ९ : १८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय