१ असार २०८३, सोमबार | June 15, 2026

कांग्रेस सांसद नरोत्तम बैद्य विरुद्ध मुद्दा चलाईएकोमा कांग्रेसले जनायो आपत्ती



काठमाडौं । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्य विरुद्ध हत्या दुरुत्साहनको मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ। बागमती प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सांसद बैद्यले दिएको अभिव्यक्ति फिर्ता लिएर पार्टीको निर्देशन अनुसार आत्मालोचना गरिसकेको अवस्थामा उनीमाथि मुद्दा चलाईनु गलत भएको भन्दै कांग्रेसले आपत्ती जनाएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आज पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्य वैद्यको अभिव्यक्ति नेपाली कांग्रेसको आदर्श, नीति, संसदीय अभ्यास र गरिमा विपरित भएकाले फिर्ता लिन निर्देशन गरे अनुसार फिर्ता लिइसकेपछि पनि सरकारको दबाब र प्रभाव तथा राजनीतिक प्रतिशोधका आधारमा मुद्धा दायर भएको जनाएको छ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोतम वैद्यले बागमती प्रदेशको २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा जेठ २८ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफू नाथुराम गोड्से बन्न तयार रहेको आपत्तिजनक शब्द प्रयोग गरेका थिए।

बैद्यले ब्यक्त गरेको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि भोलीपल्ट नेपाली कांग्रेसकै निर्देशनमा (जेठ २९ गते) वैद्यले संसदबाटै आत्मालोचना सहित आफ्नो अभिव्यक्ति फिर्ता लिदैँ संसदको रेकर्डबाट हटाउन अनुरोध गरेका थिए।

वैद्यको उक्त अभिव्यक्तिले हत्या दुरुत्साहन गरको भन्दै एमाले भातृ संगठन युवा संघ नेपाल मकवानपुरका एक नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्धा दर्ता गराएका थिए ।

संविधानले दिएको प्रदेश सभा सदस्यको अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको बर्खिलाप बदनीयतपूर्ण तवरले मुद्धा दर्ता गरिएको भन्दै कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले मुद्धा फिर्ता लिन पनि आग्रह गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अभिव्यक्ति फिर्ता लिइसकेको र संसदको रेकर्डबाट समेत हटाइसकिएको अवस्थामा मुद्धा दर्ता भएको प्रति आपत्ति जनाए।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ५ : ५२ बजे

कार्यदलको सुझावअनुसार एमाले पुनर्गठन हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

लुम्बिनी चेम्बरको प्रतिक्रिया : निजी क्षेत्रलाइ अपेक्षित बजेट आएन

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/०८४ का

अधिकमास समाप्त

काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि