२३ बैशाख २०८१, आइतबार | May 6, 2024

कांग्रेस सांसद नरोत्तम बैद्य विरुद्ध मुद्दा चलाईएकोमा कांग्रेसले जनायो आपत्ती



काठमाडौं । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्य विरुद्ध हत्या दुरुत्साहनको मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ। बागमती प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सांसद बैद्यले दिएको अभिव्यक्ति फिर्ता लिएर पार्टीको निर्देशन अनुसार आत्मालोचना गरिसकेको अवस्थामा उनीमाथि मुद्दा चलाईनु गलत भएको भन्दै कांग्रेसले आपत्ती जनाएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आज पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्य वैद्यको अभिव्यक्ति नेपाली कांग्रेसको आदर्श, नीति, संसदीय अभ्यास र गरिमा विपरित भएकाले फिर्ता लिन निर्देशन गरे अनुसार फिर्ता लिइसकेपछि पनि सरकारको दबाब र प्रभाव तथा राजनीतिक प्रतिशोधका आधारमा मुद्धा दायर भएको जनाएको छ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोतम वैद्यले बागमती प्रदेशको २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा जेठ २८ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफू नाथुराम गोड्से बन्न तयार रहेको आपत्तिजनक शब्द प्रयोग गरेका थिए।

बैद्यले ब्यक्त गरेको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि भोलीपल्ट नेपाली कांग्रेसकै निर्देशनमा (जेठ २९ गते) वैद्यले संसदबाटै आत्मालोचना सहित आफ्नो अभिव्यक्ति फिर्ता लिदैँ संसदको रेकर्डबाट हटाउन अनुरोध गरेका थिए।

वैद्यको उक्त अभिव्यक्तिले हत्या दुरुत्साहन गरको भन्दै एमाले भातृ संगठन युवा संघ नेपाल मकवानपुरका एक नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्धा दर्ता गराएका थिए ।

संविधानले दिएको प्रदेश सभा सदस्यको अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको बर्खिलाप बदनीयतपूर्ण तवरले मुद्धा दर्ता गरिएको भन्दै कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले मुद्धा फिर्ता लिन पनि आग्रह गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अभिव्यक्ति फिर्ता लिइसकेको र संसदको रेकर्डबाट समेत हटाइसकिएको अवस्थामा मुद्धा दर्ता भएको प्रति आपत्ति जनाए।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ५ : ५२ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa