२२ बैशाख २०८१, शनिबार | May 4, 2024

नेपाल निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताहरूबीच छलफल



काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा शीर्ष नेताहरूबीच भेट भएको हो ।

छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास पुगेका छन् । पहिला देउवा र त्यसपछि प्रचण्ड पुगेको नेता नेपालको सचिवालयले जनाएको छ ।

शीर्ष नेताहरूबीच पछिल्लो राजनीतिक अवस्था, सर्वोच्च अदालतले एमालेबारे गरेको अन्तरिम आदेश र त्यसपछि उत्पन्न हुनसक्ने परिस्थिति लगायतका विषयमा छलफल भएको बताइएको छ ।

नेताहरूबीच पूर्वप्रधानमन्त्रीको तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तिपछिको प्रतिक्रिया बारेमा पनि छलफल भएको बताइएको छ ।

यसअघि विपक्षी दलका नेताहरूबीच देउवा निवास बुढानिलकण्ठमा छलफल हुने गरेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ७ : ०४ बजे

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि