१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अन्तरिक्ष स्टेशन निर्माणका लागि चीनद्वारा मानव सहितको पहिलो मिशन प्रक्षेपण



चिनिया कम्युनिष्ट पार्टीको शतवार्षिकी आउन केही दिन अघि चीनले आफ्नो अन्तरिक्ष मिशनलाई थप मजबुद बनाएको छ ।

चीनले बिहीबार बिहान अन्तरिक्ष कक्षमा निर्माण भैरहेको स्पेश स्टेशनमा तीन जना अन्तरिक्ष यात्री पठाएको छ ।

अन्तरिक्ष कक्षमा बन्दै गरेको अन्तरिक्ष स्टेशनमा रहने गरी चीनले आज बिहान लङ मार्च २ क्यारियर रकेटमार्फत सेन्झोह १२ नामको अन्तरिक्ष यान प्रक्षेपण गरेको हो । यी अन्तरिक्षयात्रीहरु ३ महिनासम्म अन्तरिक्ष स्ेटशनमा रहनेछन् ।

लङ मार्च २ एफ क्यारियर रकेटमा रहेको अन्तरिक्ष यान उत्तर–पूर्व चीनको गोबी मरुभूमिमारहेको जीउक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनसार बिहान ९ बजेर २२ मिनेट जाँदा प्रक्षेपण गरिएको चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए)ले जनाएको छ ।

५६ वर्षीय कमाण्डर नि हेइसेङको नेतृत्वमा तीन जना अन्तरिक्ष यात्रीलाई स्पेश स्टेशनमा पठाइएको हो । उनी मिशनका सबैभन्दा जेष्ठ सदस्य हुन् । उनले सेन्झोउ १० मिशनमा भाग लिइसकेका छन् । यस्तै सेन्झोउ मिसनकै सदस्य रहेका ५४ ववर्षीय लियु बोमिङ र पहिलो पटक अन्तरिक्ष मिशनमा सहभागी ४५ वर्षी टैग होङवो रहेका छन् ।

यी अन्तरिक्ष यात्रीले मानवयुक्त अन्तरिक्ष मिशनको अवधीमा नयाँ रेकर्ड स्थापित गर्ने विश्वास गरिएको छ । यसअघि सन् २०११ सेन्झोउ ११ मिशनमा ३३ दिन अन्तरिक्ष कक्षमा बसेका थिए ।

चीनले अन्तरिक्ष कक्षमा निर्माण गरिरहेको अन्तरिक्ष स्टेशनमा मानव पठाएको पहिलो मिशन हो भने मानव सहितको यो सातौं अन्तरिक्ष मिशन हो । यससँगै चीनले पाँच वर्षपछि फेरि अन्तरिक्ष यात्री पठाएको छ ।

सेन्झोऊ १२ अन्तरिक्ष यानले चीनद्वारा निर्मित अन्तरिक्ष स्पेस स्टेशनको कोर मोड्युल तियानहेसँग जोडिने कामलाई तिब्रता दिनेछ । जसले तियानहे र तियानझोऊ कार्गो क्राफ्ट तियानझोउ २ मा आन्तरिक लवि निर्माण गर्नेछन । यसअवधीमा अन्तरिक्ष यात्रीहरु भने स्पेश स्ेटशनको कोर मोड्युलमा रहनेछन् ।

सीएमएसएका निर्देशक हाओ चुनका अनुसार यसअघिका अन्तरिक्ष मिशनमा भन्दा अहिलेको मिशनमा रहेका यात्रीको काम चुनौतीपूर्ण र जटिल हुनेछ ।

चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी समारोहको ठीक अघि अन्तरिक्ष स्टेशनमा अन्तरिक्ष यात्री पठाएर चीनले थप ठूलो सफलता हासिल गरेको छ । यो सफलता चिनिया कम्युनिष्ट पार्टीको ठूलो सफलताको रुपमा हेरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टी १ जुलाई १९२१ मा स्थापना भएको थियो । कम्युनिष्ट पार्टीकै नेतृत्वमा चीन संसारकै नेतृत्व गर्नसक्ने शक्तिशाली मुलुक भएको छ ।

अन्तरिक्ष कक्षमा अहिलेसम्म एउटा मात्र अन्तरिक्ष स्टेशन रहेको छ । अमेरिका, यूरोपेली युनियन र रुस सम्मिलित अन्तरिक्ष स्टेशनमा चीनलाई समावेश गरिएको छैन । यो अन्तरिक्ष स्टेशनको अवधि सन् २०२४ सम्म मात्र हो ।

चीनले भने सन् २०२४ बाटै पूर्ण क्षमतामा संचालन हुनेगरी निर्माण गरिरहेको छ । र त्यतिबेला चिनियाँ अन्तरिक्ष स्टेशन मात्रै अन्तरिक्ष कक्षमा रहनेछ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : २३ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद