१८ माघ २०८२, आइतबार | February 1, 2026

कांग्रेसका पुराना नेता पूर्व सांसद कृष्णसिंह परियारको निधन



नेपालगन्ज । २०४६ सालको जन आन्दोलन पछिको पहिलो प्रतिनिधिसभा सदस्य एवं कांग्रेसका पुराना नेता कृष्णसिंह परियारको निधन भएको छ । २०४८ सालमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्व सांसद परियारको उनको आफ्नै निवास नेपालगन्जमा निधन भएको हो ।

मृगौला, मधुमेह र उच्च रक्तचापको समस्यामा रहेका परियारको ७५ वर्षको उमेरमा आज बिहान मृत्यु भएको परियारका छोरा गौतम परियारले जानकारी दिए । जन आन्दोलन पछिको पहिलो संसदीय निर्वाचनमा निर्वाचित सांसद सहित उनी तत्कालिन राज्य ब्यवस्था समितिका सभापति समेत भएका थिए ।

कांग्रेसका पुराना नेता परियार कांग्रेसको सिद्धान्तमा निष्ठावान नेताकारुपमा पहिचार बनाएको नेता मध्यमा पर्छन् ।

परियारका २ श्रीमती, ३ छोरी र ४ छोरा मध्य जेठी श्रीमतीको २ महिना पहिले कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनी कान्छी श्रीमतीसँग नेपालगन्ज १२ कोरियनपुरमा बस्दै आएका थिए ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ९ : १४ बजे

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

नेपालगन्ज । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी

तल्लो सेती जलविद्युत् आयोजना : पहुँच सडक निर्माण सुरु

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट