६ पुस २०८२, आइतबार | December 21, 2025

आज राती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाबाट जानकारी



बुटवल । आज (शनिबार) राति चारवटा प्रदेशका केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार राती देशभर सामान्य देखि पूर्ण बदली रहने  छ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले लुम्बिनी प्रदेश तथा बागमती प्रदेशका थोरै स्थान र प्रदेश १, गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन तथा चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको सूचित गरेको छ ।

महाशाखाका अनुसार अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पूर्वानुमान महाशाखाले आईतबारको मौसमको पूर्वानुमान गर्दै देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशका केही र प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने छ । त्यसैगरि लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन माहाशाखाले सबैमा अनुरोध समेत गरेको छ ।

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : ४८ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र