६ पुस २०८२, आइतबार | December 21, 2025

काठमाडौ उपत्यकामा ‘स्मार्ट लकडाउन’, बार हेरेर बजार निस्कनुपर्ने (सूचनासहित)



काठमाडौं । उपत्यका प्रशासनले निजी सवारी साधनमा जोर बिजोर र व्यवसाय सञ्चालन गर्न दिने गरी एकसाताका लागि निषेधाज्ञा थपेको छ । थप गरिएको निषेधाज्ञामा पसल पनि खोल्न पाईने र निजी सवारी पनि चलाउन पाईने व्यवस्था मिलाईएको जिल्ला प्रशासन कार्यालय काठमाडौले जनाएको छ । प्रशासनका अनुसार निजी सवारी चलाउन जोरबिजोर र पसल खोल्न हप्ताभरीका बारहरु निर्धारण गरिएको छ ।

नयाँ जारी भएको निषेधाज्ञामा आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामानका पसल, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल खोल्न पाईने छ भने सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

उपत्यकाका तीवटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको बैठकले बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । निर्णय अनुसार खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/Lockdown-extended6-20.pdf”]

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : १४ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)