२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

सरकारी पक्षको दाबी रिट : निवेदकको दाबी प्रथम दृष्टिमै अमान्य (बहस नोटमा के छ ?)



काठमाडौं । संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतमा सरकार पक्षबाट महान्यायाधिवक्ताको कार्यालयबाट बहसनोट बुझाईएको छ । राष्ट्रपति, प्रधानमन्त्री र निर्वाचन आयोगको समेतको गरि महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट ११ सरकारी वकिलले सर्वोच्चमा बहसनोट बुझाएका हुन्।

रिट निवेदकको तर्फबाट १४६ सांसदहरु समेत रिट निवेदक कानुन व्यवसायीहरुले बिहीबार नै बहस नोट बुझाएका हुन् । सभामुखको तर्फबाट भने छुट्टै बहसनोट बुझाइएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बुझाइएको बहसनोटमा देउवासहितको रिट निवेदन खारेज हुनुपर्ने माग गर्दै मागबमोजिम आदेश जारी गर्न नमिल्ने जिकिर गरिएको छ।

रिट निवेदक १४६ जना भनी उल्लेख गर्न नमिल्ने, एउटै दलका सांसदहरु सत्तापक्ष र प्रतिपक्ष दुवै हुन नसक्ने, सनाखतको कागज कानुनले र संविधानले नचिन्ने, रिट निवेदकको प्रधानमन्त्री बनाइपाऊँ भन्ने दाबीसाथ संलग्न लिखितहरु प्रथमदृष्टिमै अमान्य रहेको सरकार पक्षको नोटमा उल्लेख गरिएको छ । त्यस्तै नीतिहीन गठबन्धनबाट संकलित हस्ताक्षरलाई आधार लिई दायर निवेदनलाई सफा नियतले दायर भएको मान्न नमिल्ने र दूषित दाबी कार्यान्वयनको मागदाबी भएकोले रिट खारेज हुनुपर्ने दाबी सरकार पक्षको छ।

यस्तो छ सर्वोच्चमा बुझाएको बहस नोट :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/प्रतिनिधि-सभा-विघटन-सम्बन्धी-सर्वोच्च-अदालत-संवैधानिक-इजलासमा-प्रस्तुत-गरिएको-बहसनोट_1624541181.pdf”]

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १२ : ३७ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको