६ पुस २०८२, आइतबार | December 21, 2025

बाँकेका कोरोना संक्रमणको दर आज पनि घट्दो क्रममा, संक्रमणको दर ७ प्रतिशतमा सिमित



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणको दर घट्ने क्रमले निरन्तरता पाएको छ । ३ साता अगाडि सम्म नमुना परीक्षणको ८० प्रतिशत सम्म संक्रमण पुष्टि हुने बाँकेमा आज संक्रमणको दर घटेर ७ प्रतिशतमा सिमित भएको छ । पछिल्लो २४ घण्टामा १२९ नमुना परीक्षण भएकोमा १० जनामा मात्र संक्रमण पुष्टि भएको छ, त्यस मध्य बाँकेका ३ जनामात्र रहेका छन् ।

पछिल्लो २४ घण्टामा पनि बाँकेको मृत्युको संख्या शुन्य रहेको छ । जिल्ला बाहिरको भने आज १ जना संक्रमितको मृत्यु भएको छ । बाँकेमा आज सम्ममा ५९ जना मात्र सक्रिय संक्रमितले निको हुने दिनको प्रतिक्षा गरिरहेका छन् । बाँकेका अस्पतालहरुमा ४५ जना मात्र संक्रमितको उपचार भईरहेको छ, जसमध्य ५ जना भेन्टिलेटरमा, १८ जना सिकिस्त अवस्थामा र २२ जना मध्यम लक्षण भएकाहरुको अस्पतालहरुमा उपचार चलिरहेको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  २ : २२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा