१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी



काठमाडौं । काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अझै एक साता निषेधाज्ञा थपिने छ । ‘आज कोभिडको तथ्यांक कस्तो आउँछ, त्यसलाई विश्लेषण गर्दै अपराह्न ४ बजेपछि निषेधाज्ञाबारे थप निर्णय गर्नेछौँ,’ प्रजिअ पराजुलीले भने । ‘‘स्वास्थ्य मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग समन्वय गरेर निषेधाज्ञा थप गरिन्छ । पछिल्लो समय खुलाउन माग गरिएको केही क्षेत्र पनि खुकुलो गर्ने कि भन्ने छ । यस विषयमा हामी आआज छलफल गर्नेछौँ ।”

उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदैछ । अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर-बिजोर लागु गरिएको छ । पठाओ र टुटल सेवा पनि सञ्चालनमा आइसकेका छन ।

अहिले सार्वजनिक सवारी-साधन, विद्यालय, मठ-मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । सरोकारवालाहरुले निषेधाज्ञा थप खुकुलो बनाउन माग गरिरहेका छन् ।

‘‘कुन-कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे टुंगो लागिसकेको छैन । यसबारे केही छलफल भइसकेको छैन,” प्रजिअ पराजुलीले भने, ‘‘सबै क्षेत्र एकैचोटि खुकुलो बनाएर मात्रै हुँदैन । चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजानुपर्छ । पछिल्लो साता र अघिल्लो साताको संक्रमण उस्तै उस्तै छ । अब पछिल्लो साताको संक्रमणदरको समीक्षा गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिनेछ । पहिलाभन्दा खुकुलो होला ।”

राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात सञ्चालनमा ल्याउन माग गरेको छ । त्यसमा प्रशासन सकारात्मक देखिएको बताइएको छ । तर, यस विषयमा अन्य सरोकारवालासँग पनि छलफल गर्नुपर्ने भएकाले अहिले नै भन्न नसकिने अधिकारीहरुको भनाइ छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा निरन्तर रुपमा जारी छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : ४० बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको