१७ बैशाख २०८१, सोमबार | April 30, 2024

चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना शुरु



बेइजिङ । चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ ।

याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको छ । जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत उत्पादन मार्फत विद्युतको माग पूरा गर्ने चीनको योजना बमोजिम चीनमा ठूला जलविद्युत गृहहरु निर्माण भइरहेका छन् ।

यद्यपी जलविद्युत उत्पादनका लागि ठूला बाँध बनाउँदा पर्यावरणीय क्षतिमा चीनले पर्याप्त ध्यान नदिएको आरोप लाग्ने गरेको आलोचकहरुले बताउने गरेका छन् ।

सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वर्ष यसै साता मनाउने अवसरमा नयाँ विद्युत गृह निर्माणको घोषणा भएको छ ।

बाइहेटान बाँधको उचाई २८९ मिटर अग्लो हुनेछ र १० लाख किलोवाट क्षमताका १६ वटा विद्युत उत्पादन जेनेरेटर जडान हुनेछन् । यो सन् २००३ मा चीनको याङ्जी नदीमै निर्मित थ्री गर्जेज बाँधपछिको दोस्रो ठूलो हो । थ्री गर्जेजको विद्युत उत्पादन क्षमता दुई करोड २५ लाख किलोवाट रहेको छ ।
यी दुबै विद्युत आयोजना राज्य नियन्त्रित थ्री गर्जेज ग्रुप कर्पोरेसनले निर्माण गरेको हो । यो समूह जलविद्युत, सौर्य र वायु ऊर्जा उत्पादनमा विश्वकै सर्बाधिक ठूलो लगानीकर्ता हो ।

विश्वका अन्य कतिपय मुलुकले जलविद्युत उत्पादनलाई त्याग्न थालेका छन् किनभने यसबाट समुदाय र खेतीपाती डुबानमा पर्ने तथा नदीको जैविकता विशृंखलित बनाउने तथा माछा र अन्य प्रजातिको अस्तित्वमा खतरा उत्पन्न हुने वातावरणविदहरुको चेतावनी दिइरहेका छन् ।

चीनले उत्पादित विद्युतलाई शाङ्घाई र अन्य पूर्वी शहरहरुमा उच्च गतिको प्रसारण लाइनबाट विद्युत लैजाने गरेको छ ।

बाइहेटान विद्युतगृहबाट उत्पादित विद्युत उत्पादन पूर्ण क्षमतामा हुन थालेपछि बर्सेनि दुई करोड टन कोइलाको खपत कम हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ३ : ४५ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल