२४ बैशाख २०८१, सोमबार | May 7, 2024

रुपन्देहीमा निषेधाज्ञा खुकुलो बनाइदै एक साता थपियो, जोर-विजोर प्रणालीबाट सार्वजनिक सवारी संञ्चालन गरिने



बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै एक हप्ता थपिएको छ ।

आज बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले खुकुलो पार्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

थपिएको निषेधाज्ञामा सार्वजनिक सवारी चलाउन दिने निर्णय डीसीसीएमसीले गरेको छ । जिल्लामा भोलिदेखि आधा मात्र यात्रु राखेर जोर-विजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन संञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

केहीबेर अघि यातायात व्यवसायीसँग बैठक बसी सम्पूर्ण मापदण्ड अपनाउँदैं सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको उनको भनाई । त्यस्तै बैठकले सवारी भाडामा ५० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले यसअघि असार ७ गते एक साताको लागि लम्ब्याएको निषेधाज्ञामा नीजि सावारीलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । उक्त निषेधाज्ञाको अवधि आज रातीदेखि सकिन लागेकाले थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको हो ।

यस्तै माछा मासु तरकारी फलफुल दुधजन्य साम्रगीहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी बिहान ५ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको छ । भने अन्य व्यवसायहरु ११ बजेदेखि ६ बजेसम्म संचालन गर्न पाइने भएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/jpg2pdf-1.pdf” title=”jpg2pdf (1)”]

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : ४७ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,