१२ असार २०८३, शुक्रबार | June 27, 2026

युरोकप फुटबल : आजदेखि क्वाटरफाईनलका खेल हुने, यस्तो छ क्वाटरफाइनलको तालिका



काठमाडौं । जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल खेल आज शुक्रबारबाट सुरु हुँदैछ ।

क्वार्टरफाइनल अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा स्विजरल्याण्ड र स्पेन भिड्दै छन् । रसियाको गाजप्रोम एरेनामा हुने स्विजरल्याण्ड र स्पेनबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम चारमा पुग्न चाहन्छन् ।

स्विजरल्याण्ड नक आउट चरणमा साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । स्विजरल्याण्ड उत्कृष्ट लयमा रहेको छ ।

यता, स्पेनले पनि नक आउट चरणमा क्रोएसियामाथि रोमान्चक जित हात पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । स्पेनले क्रोएसियालाई ५-३ गोल अन्तरले हराएको थियो ।

युवा खेलाडीको बाहुल्यता रहेको दुवै टिम अहिलेसम्म २२ पटक आमुनेसामुने भएका छन् । जसमा स्पेन १६ पटक विजयी भएको थियो भने स्विजरल्याण्ड १ पटक विजयी भएको थियो । ५ खेल बराबरीमा रोकिएको थियो ।

आजै हुने दोस्रो खेलमा बेल्जियम र इटाली भिड्दैछन् । जर्मनीको रलियान्जा एरेनामा खेल नेपाली समयानुसार राती १२ः४५ बजे सुरु हुनेछ । दुवै टोली यो पटककको उपाधि दाबेदार मानिएको छ ।

बेल्जियम नक आउट चरणमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । बेल्जियम राम्रो लयमा रहेको छ ।

यस्तो छ क्वाटरफाइनलको तालिका

असार १८ गते शुक्रबार

स्विट्जरल्यान्डविरुद्ध स्पेन
समय : राति ९:४५ बजे
ठाउँ : सेन्ट पिटर्सवर्ग

बेल्जियमविरुद्ध इटाली
समय : राति १२:४५ बजे
ठाउँ : म्युनिख

असार १९ गते शनिवार

चेक रिपब्लिकविरुद्ध डेनमार्क
समय : राति ९:४५ बजे
ठाउँ : बाकु

युक्रेनविरुद्ध इङ्ल्याण्ड
समय : राति १२:४५ बजे
ठाउँ : रोम

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : २७ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३