२५ चैत्र २०८२, बुधबार | April 8, 2026

भाइरल



फुलेको यौवन
संस्कारको बन्धन
अल्लारेको मन

सुर्खेतको जङ्गल । स्वघोषित जङ्गलको राजा, शाही ठकुरी । समाजको दृष्टिमा राउटे । छड्के गादो, मैला लुगा र मैला जिउ । कविला जिन्दगी । जङ्गलमै बस्ने । जङ्गलमै कमाउने । जङ्गलमै खाने । जङ्गलमै रमाउने । गुना बाँदर प्रमुख आहार ।
समूहमा कुनै घटना हुँदा तुरुन्तै वा नहुँदा बर्षौंंको अन्तरालमा स्थानान्तरण भैरहने घुमन्ते,कविला संस्कार । स्थायी बासको लागि सरकारले चासो लिँदा,स्वाभिमान र अभिमानको दोसाँधमा ।

उघ्रिदै गरेको समय । परिवर्तनकामी बाह्य समाजका अभियन्ता र सरकारको दृष्टि पुग्दा आफ्नो अधिकार र सामाजिक जीवनशैलीका बारेमा थोरै सकारात्मक । पुख्र्यौली काठ व्यवसाय । वन बिनास जोगाउन सरकारले जङ्गल फणानीमा प्रतिबन्ध लागेपछि, टुनी रुख काटेर कोसी,बाकस आदि बनाएर गाउँमा अनाज वा अन्य वस्तुसंग विनिमय गर्ने उनीहरुको पेशामा आहत भएपछि विलखबन्दमा परेका उनीहरु सरकारी भत्तामा मात्र चित्त बुझाउनु असहमत हुँदै आफ्नो व्यवसायलाई मन्द गतिमा जारी राखेका थिए ।

दैलेखबाट स्थानान्तर भै सुर्खेतको जङ्गलमा पुगेपछि परिस्थितिले उनीहरुलाई बाहिरी वातावरणसंग जोडेर सभ्यताले छुन थालेपछि गाजली र सुमिला शाही नुहाइधोई गरी आदिम भेषबाट आधुनिक भेषमा रुपान्तरित भएपछी उनीहरु गुलावको फूल जस्तै भएर खुले । बैँशालु शहरी सुन्दरी भएर खुले ।

संचार जगतले उनीहरुलाई विस्तारै सार्वजनिक बनाउन थाले, भाषामा पनि केही परिमार्जित हुँदै । भिडिओ स्क्रिनहरुमा लहलह झुल्न थाल्यो,उनीहरुको बैंश । उनीहरुले आफूलाई देखे, अरुलाई देखे । उनको चित्र संसारभरि पुग्यो । उनीहरुले बाह्य जगत देखे । आधुनिक भेषमा उनीहरु, फोहोरको डुङ्गुरबाट उम्रिएको सुन्दर,सुवासित फूल जस्तै भइन् । हुँदा हुँदा उनीहरु सामाजिक सञ्जालमा भाइरल हुन पुगिन् । उनीहरुले आफनो अस्तित्व बुझने भए ।

समयको प्रवाहले छचल्काएको उनीहरुको बैँशको फल चोर्न एकथरि स्थानीय उद्दण्ड यौनपिपासुहरु सम्मोहित भएर कात्तिके कुकुर झैँ झुम्मिन पुगेछन ।

दुर्भाग्य । एकदिन,नातामा दिदी बहिनी पर्ने उनीहरुलाई नयाँ संसार देखाउने भनेर होटलमा लगी रक्सी, मासुको स्वादमा डुबाएर बेहोस पारेपछि यौन तुष्टि पूरा गरेछन् । नसाको गाढा सुषुप्तिबाट व्यूँझिएपछि उनीहरुलाई जीवनको अन्तिम भीरमा पुगेको आभासले गिजोलेछ । भयानक ।

मानसपटलमा दश रेक्टर स्केलको भूकम्प आयो । घरमा उनीहरुको महामूर्ख निर्दयी विवेकहीन क्रुर समाजले थाहा पायो भने भालाले घोचेर फक्रिएको जिन्दगीलाई समाप्त पारिदिनेछन् । अब हाम्रो जिन्दगी त्यसै पनि सकियो उसै पनि सकियो ।
त्यहाँदेखि हिडेका ती दिदी बहिनी अर्कै दिशाको दुर्बोद्य जङ्गलको गर्भभित्र छिरेर विलीन भए ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ११ : २२ बजे

लायन्स क्लब अफ बुटवलको अध्यक्षमा दिनेश कुमार प्रधान

बुटवल । लायन्स क्लब अफ बुटवलको सम्पन्न अधिवेशनबाट आगामी कार्यकाल

राष्ट्रियसभाका चार समितिका सभापतिको शपथ

काठमाडौं । राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ

खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन । चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक