१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बुटवल र बर्दिबासमा डिसहोमको उच्चगतिको फाइबर नेट सुरु



काठमाडौं । डिसहोम फाइबर नेट काठमाडौं उपत्यका बाहिर थप दुई ठाउँमा उपलब्ध हुने भएको छ । डिसहोमले आफ्नो लोकप्रिय फाइबर नेट बुटवल र बर्दिबासमा पनि विस्तार गरेको हो ।

बुटवल उपमहानगर क्षेत्रको तल्लो सिद्धबाबा, गोलपार्क, ज्योतिनगर, लक्ष्मीनगर, आदर्शनगर, ट्राफिक चोक, हस्पिटल लाइन, भुड्की चोक, चाँदवारी, भाटभटेनी लाइन, सुख्खानगर, एरिया, हिलपार्क, आम्दा हस्पिटल लाइन, दिपनगर, शिवनगर एरिया, मुटु हस्पिटल बेस क्याम्प, रामनगर एरिया, बुटवल चौरहामा फाइबर नेट उपलब्ध भएको डिस होमले जनाएको छ । छिट्टै नै बुटवल र आसपासका अन्य क्षेत्रमा पनि फाइबर नेट उपलब्ध भएको डिसहोमले बताएको छ ।

यसैगरी बर्दिबास नगर क्षेत्रको लालगढको हस्पिटल चोक, धनौजी, पानीट्यांकी, आदर्श टोल, श्रेष्ठ टोल, सुनौलो बस्ती, बाल टोल, सिन्धुली रोड, यातायात, हमाल टोल, जनता मावि, बुद्ध चोक, औराही रोड, बर्दिबास बजार, संगम बस्ती, गौतम होटल, चौधरी मार्केट, गलाटार, नमुना बस्ती, बगाच्छी टोल, गौरीडाँडा, गौरडाँडा १६ बिघा, ढुंगाना टोल र रेडियो नेपाल क्षेत्रमा फाइबर नेट उपलब्ध भएको छ ।
फाइबर नेट जोड्दा टेलिभिजन च्यानलहरु समेत सित्तैमा हेर्न पाइने सुविधा रहेको छ ।

सन् २०२० को फेब्रुअरीमा डिसहोमले फाइबर नेटको सुरुवात गरेको थियो । आफ्ना उपभोक्तालाई उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्न डिसहोमले फाइबर नेट सुरु गरेको थियो ।

डिटीएच प्रयोगकर्ता उपभोक्तालाई एचडी गुणस्तरमा टेलिभिजन च्यानलको सेवा दिइरहेको डिसहोम नेपाल उपभोक्ताको बीचमा लोकप्रिय रहँदै आएको छ । डिसहोमले छिटो, छरितो, सस्तो, विश्वसनीय सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।

 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ३ : ३७ बजे

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग