७ पुस २०८२, सोमबार | December 22, 2025

विवाद समाधानका लागि गठित एमालेको कार्यदल पुनः ब्युँतियो, सिंहदरबारमा बैठक



काठमाडौं । नेकपा एमालेको कार्यदल फेरि ब्युँतिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि निस्कृय बनेको कार्यदलको बैठक सिंहदरबारमा बसेको छ ।

कार्यदलमा पार्टीभित्रको विवाद समाधानका लागि संयुक्त मस्यौदा तयार गर्ने विषयमा छलफल भैरहेको छ ।

यसअघि गत बैशाख अन्तिम साता अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमति अनुसार कार्यदल गठन भएको थियो । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यस्तै वरिष्ठ नेता नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

तर नेपाल पक्षका संयोजक रावललाई ओलीले जेठ १२ गते पार्टीबाटै निस्काशित गरेपछि कार्यदल निस्कृय भएको थियो ।

दुईदिन अघि सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नेपाल पक्षका २३ सांसदलाई आज साँझ ५ बजेसम्म सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता लिन अन्यथा एमालेमा नरहने चेतावनी दिएका थिए । तर, नेपाल पक्षले अदालतबाट हस्ताक्षर फिर्ता नहुने अडान राख्दै आएको छ ।

पार्टी एकतालाई जोगाउन दोस्रो तहका नेताहरुबीच निरन्तर छलफल र शिर्ष नेतालाई दबाब बढेपछि कार्यदल पुनः सक्रिय बनेको हो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ६ : ४५ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र